Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

तनहुँको प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुन:निर्माण

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुन:निर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुन:निर्माण गर्न लागेको हो ।

नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउने काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट काम सुरु भएको थापाले बताए । 

“कोषको सक्रियतामा मन्दिरलाई नयाँ संरचनामा निर्माण गर्न लागिएको छ, नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउनका लागि रु ८० लाख बजेट अनुमान गरिएको छ”, थापाले भने । मन्दिरको पुन:संरचना गरेपछि थप आकर्षण देखिने उनको दाबी छ । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँशीबाहेकका दिनमा बलि चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँसहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङबाट भक्तजन आउने गरेका छन् । 

दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीवाराही मन्दिर पुग्नका लागि कालोपत्र सडकको व्यवस्था छ । गत वर्षमात्रै सडक कालोपत्र भएको थियो । मन्दिरमा शनिबार र बिदाको दिन भक्तजनको अत्याधिक भीड हुने स्थानीय हिमबहादुर रानाभाटले जानकारी दिए ।

मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीका बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणका रुपमा रहेका छन् ।

मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण तथा फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । 

मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछालगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्नेलगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा छाब्दीवाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि सात उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको जनाइएको छ । मन्दिर वरपरको ६२ रोपनी जग्गामा पैदलमार्गमा ढुङ्गा बिछ्याउने, वराह खोलामाथि कल्भर्ट निर्माण, वातावरणमैत्री विश्रामस्थल, नागबेली आकारमा पानी बग्ने प्राकृतिक कुलो निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा समेटिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सागरको उत्कृष्ट बलिङ, वेस्ट इन्डिज ए का तीन विकेट लिए

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।  नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ए का जोन्सन चार्लेज...

अत्यधिक गर्मीले भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थ...

वेस्टइण्डिजविरुद्ध नेपालले फिल्डिङ गर्दै, टोलीमा २ परिवर्तन

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने न...

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएको छन् । राष्ट्रिय सूचना आयोगको १...

जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगी, दुई जना पक्राउ

काठमाडौं । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक...

उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने...

कमल थापाको टिप्पणी-नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाल...

चिम्टीका अग्निपीडितलाई राहत

सप्तरी । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई सप्तरीस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् । ...

आइतबार अमेरिका जादै टी-२० विश्वकप खेल्ने नेपाली टिम

काठमाडौँ । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टिमको विदाई गरिएको...

राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ : जगप्रसाद शर्मा (अन्तवार्ता)

दाङ, राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने बताएको छन् । त्यसो भएमा मुलुकम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies