Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

किएभमाथि रुसले व्यापक गोलाबारीमाझ कैयौँ हाइपरसोनिक क्षेप्यास्त्र खसाल्यो

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनले आफूले किएभमाथि गरिएका व्यापक गोलाबारीमाझ कैयौँ रुसी हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई खसालिदिएको जनाएको छ।

किएभले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किन्जाल हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई विफल तुल्याएको जनाएको छ। रुसले सबै हवाई सुरक्षा प्रणालीलाई उक्त क्षेप्यास्त्रले पार गर्न सक्ने दाबी गर्दै आएको थियो।

अधिकारीहरूका अनुसार छोटो समयभित्रै प्रहार गरिएका १८ प्रकारका क्षेप्यास्त्रहरूमा किन्जाल पनि थियो। रुसले त्यसलाई खसालिएको भन्ने दाबी अस्वीकार गर्दै एउटाले अमेरिकाले आपूर्ति गरेको पेट्रिअट हवाई प्रतिरक्षा प्रणालीलाई नष्ट गरिदिएको जनाएको छ।

युक्रेनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको थियो। बीबीसीले दुवै देशले गरेका दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

युक्रेनको दाबी

रुसले हालैका हप्ताहरूमा हवाई आक्रमणहरूमा वृद्धि गरेको छ। अपेक्षा गरिएको युक्रेनी प्रत्याक्रमणअघि यो महिनामात्रै उसले आठ पटक युक्रेनी राजधानीमा बमबारी गरेको छ।

मङ्गलवार साँझ रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले किएभले दाबी गरेको सङ्ख्यामा मस्कोले किन्जाल क्षेप्यास्त्रहरू प्रहार नगरेको बताए।

तर किएभको दाबी सत्य पुष्टि भएको खण्डमा आफ्नो क्षेप्यास्त्र प्रणालीको सबैभन्दा भरपर्दो अस्त्र नष्ट गर्नसक्ने युक्रेनको क्षमताले मस्कोलाई निराश तुल्याउनेछ। खासगरी पेट्रिअटसहित अत्याधुनिक पश्चिमा प्रतिरक्षा प्रणाली किएभले प्राप्त गरेसँगै यस्तो अवस्था बनेको हो।

रुसले आफ्ना क्षेप्यास्त्रहरू ११ हजार किलोमिटर भन्दा बढी वेगले यात्रा गर्नसक्ने बताउँदै आएको छ। उसले विश्वको कुनै पनि हवाई प्रतिरक्षा प्रणालीले त्यसलाई नष्ट गर्ननसक्ने धारणा राख्दै आएको छ।

किन्जाल विमानबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र हो। अधिकांश बलिस्टिक क्षेप्यास्त्रहरू निश्चित विन्दुमा ध्वनिको गतिभन्दा पाँच गुणा अर्थात ६ हजार किलोमिटर प्रतिघण्टा भन्दा तेज हुन्छन्। किएभले अघिल्लो साता आफूले पहिलो पटक किन्जाललाई खसालिदिएको जनाएको थियो।

केही दिन यता युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्की युरोपको भ्रमणमा छन्। त्यसक्रममा यूकेका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोंसहितका नेताहरूले अर्बौँ डलर बराबरका सैन्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending