चितवन । नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आज दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा ९एमाले० चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले प्रमुख कार्यदिशा बनाएर अघि बढेको चर्चा गर्दै यसबाट विचलित नहुने बताए ।
“हाम्रो अभियानलाई अघि बढाउँदै गर्दा हाम्रा व्यवहार, आचरण, सक्रियतामा, पहलकदमीमा, जनताका सेवामा केही कमीहरु पनि रहेका छन्”, उनले भने, “त्यो कुरालाई महसुस गर्दै यिनलाई सच्याउँदै अघि बढ्ने छौँ, हामी मदन आश्रितले भने बमोजिमका परिवर्तनकारी सच्चा कार्यकर्ता भएर समाजको अधुरो क्रान्तिलाई पूरा गरी छाड्नेछौँ ।”
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले पार्टीमा चौतर्फी आक्रमण भएको भन्दै मदन आश्रितको प्रेरणाले आक्रमणलाई परास्त गर्ने बताए । सो अवसरमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता तथा कार्यकर्ताले मदन आश्रितको प्रतिमामा फूलमाला चढाएर श्रद्धासुमन व्यक्त गरेका थिए ।
विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको वि।सं २०६० मा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: