चितवन । नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आज दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा ९एमाले० चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले प्रमुख कार्यदिशा बनाएर अघि बढेको चर्चा गर्दै यसबाट विचलित नहुने बताए ।
“हाम्रो अभियानलाई अघि बढाउँदै गर्दा हाम्रा व्यवहार, आचरण, सक्रियतामा, पहलकदमीमा, जनताका सेवामा केही कमीहरु पनि रहेका छन्”, उनले भने, “त्यो कुरालाई महसुस गर्दै यिनलाई सच्याउँदै अघि बढ्ने छौँ, हामी मदन आश्रितले भने बमोजिमका परिवर्तनकारी सच्चा कार्यकर्ता भएर समाजको अधुरो क्रान्तिलाई पूरा गरी छाड्नेछौँ ।”
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले पार्टीमा चौतर्फी आक्रमण भएको भन्दै मदन आश्रितको प्रेरणाले आक्रमणलाई परास्त गर्ने बताए । सो अवसरमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता तथा कार्यकर्ताले मदन आश्रितको प्रतिमामा फूलमाला चढाएर श्रद्धासुमन व्यक्त गरेका थिए ।
विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको वि।सं २०६० मा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...
फाल्गुन २७ गते, २०८२ - १५:३७
काठमाडौँ। निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू ...
फाल्गुन २७ गते, २०८२ - १५:२१
काठमाडौँ। बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ। त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलका प्रवक्ता स...
फाल्गुन २७ गते, २०८२ - १४:५८
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वज...
फाल्गुन २७ गते, २०८२ - १४:४६
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका ल...
फाल्गुन २७ गते, २०८२ - १४:३३
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मे...
फाल्गुन २७ गते, २०८२ - १४:१२
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवा...
फाल्गुन २७ गते, २०८२ - १३:५९
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पु...
फाल्गुन २७ गते, २०८२ - ०९:३३
सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...



प्रतिकृया लेख्नुहोस्: