काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण कुनै बाहनामा ढाकछोप गरे कांग्रेस अप्ठ्यारोमा पर्ने बताएका छन्। कोइरालाले नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद भएको बताए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फस्नुभएको छ, फसाइएको छ, जे सुकै होला। त्यसले नेपाली कांग्रेसको मात्र होइन हामी सबै नेपालीको शिर निहुरिएको छ,’ प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बुधबार बोल्दै कोइरालाले भने, ‘यो लज्जास्पद र राष्ट्रघाती काम भएको छ।’
उनले कुनै पनि बाहनामा यो प्रकरण ढाकछोप गर्न नहुने बताए। ‘कुनै बाहनामा पनि यो प्रकरणलाई ढाकछोप गर्न हुन्न, ढाकछोपको कोसिस गर्यौं भने कांग्रेसको अवस्था के हुन्छ ? अप्ठ्यारो स्थिति हुन्छ। देशकै अवस्था पनि नाजुक भएर जान्छ,’ उनले भने, ‘यो मुद्दा नेपालभित्र मात्र सीमित छैन, अन्तर्राष्ट्रियकरण भइसकेको छ। अरू मुद्दा ल्याएर यो मुद्दा कमजोर बनाउने हो कि भन्ने चिन्ता लागेको छ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि पक्राउ परेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: