Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

दाङको विद्यालयमा दुई प्रधानाध्यापक तोकिएको विवादले पठनपाठन रोकियो, विद्यार्थी धर्नामा

खबरडबली संवाददाता

दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । 

अहिले विद्यार्थी विद्यालय पोसाक, किताब, कापीसहित विद्यालयको गेटमा ताला लगाएर धर्ना गरिरहेका छन् । “सरहरुको आफ्नो विवाद छ, त्यसले गर्दा हाम्रो पढाइ रोकिएको छ, हामीलाई नै पढाउनुभएको छैन”, विद्यार्थी सुनिल केसीले भने, “त्यसैले हामीले तालाबन्दी गरेका हौँ ।”

दुई प्रधानाध्यापकको विवाद नटुङ्गिएसम्म तालाबन्दी नखोल्ने उनीहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले एक जना प्रधानाध्यापक तोकेको छ, भने गाउँपालिकाले अर्को प्रधानाध्यापक पठाएको छ । गत माघ १३ गते विद्यालय व्यवस्थापन समितिको बैठकले तत्कालीन सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रअ तोक्ने निर्णय गरेको थियो । 

तत्कालीन प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजीनामा दिएपछि जैसीलाई प्रअ तोकेपछि यो विषय विवादमा आएको हो । “यस अघिका प्रअ बुढाथोकीले स्वास्थ्यका कारण राजीनामा दिनुभयो”, जैसीले भन्नुभयो, “त्यसपछि तत्कालीन अवस्थाको सहायक प्रधानाध्यापक रहेको नाताले मलाई निमित्त प्रअका रुपमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको हो ।”

त्यसपछि विद्यालयका पुराना शिक्षक बाबुराम अधिकारीले राजीनामा दिनुभयो । उहाँको राजीनामा विद्यालय व्यवस्थापन समितिले पनि सदर गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसकेको थियो । एकाइले उहाँको राजीनामा स्वीकृति गरेन र त्यसपछि  उहाँ प्रधानाध्यापकमै दाबी गरेर विद्यालयमा आउनुभयो । सोही अनुसार गाउँपालिकाको शिक्षा शाखाले पनि निवेदन दिन भनेपछि उहाँले पालिकामा निवेदन दिनुभयो र पालिकाले वरिष्ठ शिक्षकका रुपमा उहाँलाई प्रधानाध्यापक बनाएर पठायो । 
 
जैसीलाई व्यवस्थापन समितिले र अधिकारीलाई पालिकाले प्रअ बनाएपछि त्यो विवाद उत्पन्न भएको हो । पालिकाले ११ वैशाखमा अधिकारीलाई प्रअको पत्र थमाएपछि उहाँ १२ वैशाखमा विद्यालय जानुभयो । सोही दिन बसेको विद्यालय व्यवस्थापन समिति बैठकले अधिकारीलाई प्रअका रुपमा नस्वीकार्ने निर्णय गर्‍यो । त्यसयता नियमित जसो विवाद भएपछि विद्यार्थीको पठनपाठन पनि ठप्प छ । “मलाई पालिकाले नै प्रअका रुपमा पठायो”, अधिकारीले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिले मभन्दा कनिष्ट शिक्षक, जो बरियतामा चौँथो नम्बरमा हुनुहुन्थ्यो, उहाँलाई निमित्त प्रअको जिम्मा दिएको थियो ।”

कानुनमा नै वरिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा तोक्नुपर्ने व्यवस्था रहेकाले सोही अनुसार पालिकाले अधिकारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताउनुभयो । 

“विद्यालय व्यवस्थापन समितिले कनिष्ट शिक्षकलाई निमित्त तोकेपछि त्यसलाई सच्याउन पालिकाले पत्र पठायौंँ”, उहाँले भन्नुभयो, “तर, त्यसको सुनुवाइ नभएपछि वरिष्ठ शिक्षकको उजुरीका आधारमा हामीले उहाँलाई निमित्त बनाएर पठाएका हौँ ।” अहिले निमित्त भए पनि विद्यालय व्यवस्थापन समितिले विज्ञापन निकालेर प्रधानाध्यापक नियुक्त गर्न सक्ने उहाँले बताउनुभयो ।
–––

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE