Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८१ आईतवार | 29th September, 2024 Sun
NIMB

दाङको विद्यालयमा दुई प्रधानाध्यापक तोकिएको विवादले पठनपाठन रोकियो, विद्यार्थी धर्नामा

खबरडबली संवाददाता

दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । 

अहिले विद्यार्थी विद्यालय पोसाक, किताब, कापीसहित विद्यालयको गेटमा ताला लगाएर धर्ना गरिरहेका छन् । “सरहरुको आफ्नो विवाद छ, त्यसले गर्दा हाम्रो पढाइ रोकिएको छ, हामीलाई नै पढाउनुभएको छैन”, विद्यार्थी सुनिल केसीले भने, “त्यसैले हामीले तालाबन्दी गरेका हौँ ।”

दुई प्रधानाध्यापकको विवाद नटुङ्गिएसम्म तालाबन्दी नखोल्ने उनीहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले एक जना प्रधानाध्यापक तोकेको छ, भने गाउँपालिकाले अर्को प्रधानाध्यापक पठाएको छ । गत माघ १३ गते विद्यालय व्यवस्थापन समितिको बैठकले तत्कालीन सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रअ तोक्ने निर्णय गरेको थियो । 

तत्कालीन प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजीनामा दिएपछि जैसीलाई प्रअ तोकेपछि यो विषय विवादमा आएको हो । “यस अघिका प्रअ बुढाथोकीले स्वास्थ्यका कारण राजीनामा दिनुभयो”, जैसीले भन्नुभयो, “त्यसपछि तत्कालीन अवस्थाको सहायक प्रधानाध्यापक रहेको नाताले मलाई निमित्त प्रअका रुपमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको हो ।”

त्यसपछि विद्यालयका पुराना शिक्षक बाबुराम अधिकारीले राजीनामा दिनुभयो । उहाँको राजीनामा विद्यालय व्यवस्थापन समितिले पनि सदर गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसकेको थियो । एकाइले उहाँको राजीनामा स्वीकृति गरेन र त्यसपछि  उहाँ प्रधानाध्यापकमै दाबी गरेर विद्यालयमा आउनुभयो । सोही अनुसार गाउँपालिकाको शिक्षा शाखाले पनि निवेदन दिन भनेपछि उहाँले पालिकामा निवेदन दिनुभयो र पालिकाले वरिष्ठ शिक्षकका रुपमा उहाँलाई प्रधानाध्यापक बनाएर पठायो । 
 
जैसीलाई व्यवस्थापन समितिले र अधिकारीलाई पालिकाले प्रअ बनाएपछि त्यो विवाद उत्पन्न भएको हो । पालिकाले ११ वैशाखमा अधिकारीलाई प्रअको पत्र थमाएपछि उहाँ १२ वैशाखमा विद्यालय जानुभयो । सोही दिन बसेको विद्यालय व्यवस्थापन समिति बैठकले अधिकारीलाई प्रअका रुपमा नस्वीकार्ने निर्णय गर्‍यो । त्यसयता नियमित जसो विवाद भएपछि विद्यार्थीको पठनपाठन पनि ठप्प छ । “मलाई पालिकाले नै प्रअका रुपमा पठायो”, अधिकारीले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिले मभन्दा कनिष्ट शिक्षक, जो बरियतामा चौँथो नम्बरमा हुनुहुन्थ्यो, उहाँलाई निमित्त प्रअको जिम्मा दिएको थियो ।”

कानुनमा नै वरिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा तोक्नुपर्ने व्यवस्था रहेकाले सोही अनुसार पालिकाले अधिकारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताउनुभयो । 

“विद्यालय व्यवस्थापन समितिले कनिष्ट शिक्षकलाई निमित्त तोकेपछि त्यसलाई सच्याउन पालिकाले पत्र पठायौंँ”, उहाँले भन्नुभयो, “तर, त्यसको सुनुवाइ नभएपछि वरिष्ठ शिक्षकको उजुरीका आधारमा हामीले उहाँलाई निमित्त बनाएर पठाएका हौँ ।” अहिले निमित्त भए पनि विद्यालय व्यवस्थापन समितिले विज्ञापन निकालेर प्रधानाध्यापक नियुक्त गर्न सक्ने उहाँले बताउनुभयो ।
–––

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारत र बंगलादेशबीचको टेस्ट बर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको तेस्रो दिन आइतबारको खेल पनि मैदान गिलो हुदा खेल रद्ध भएको छ । टेस्ट...

बाढि र पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यक...

नेप्सेमा २३ अङ्कको गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज २३ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से २३.१० अङ्कले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनिको कारोबार हुदा एक करो...

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ ।  प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइ...

सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खु...

एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्...

सिंहदरबारमा सर्बदलीय बैठक शुरु

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । ...

बाढी-पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु

काठमाडौं । बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् ।  नेपाल प्रहरीका अनुसार विपद्मा परी ८६ जना घाइ...

सहुलियत हवाई भाडा लिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न हवाई  कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको...

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy