Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेको छन् ।

गृह मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा निर्वाचनको समीक्षा गर्दै मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकोमा सुरक्षा निकाय र स्थानीय प्रशासनको प्रशंसा गरे। 

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरूका साथै सातै प्रदेशका प्रमुख सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो ।

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसेको उल्लेख गर्दै मन्त्री अर्यालले भने, “यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रदेखि फिल्डमा खटिने सबै तहका कर्मचारी छन्। सामूहिक र साझा प्रयासबाट मात्रै यो सफलता सम्भव भएको हो ।” उहाँले निर्वाचनका क्रममा अमूल्य सल्लाह र सुझाव दिने सबैप्रति आभार समेत प्रकट गरे।

सो अवसरमा गृहसचिव राजकुमार श्रेष्ठले कर्मचारीहरूले व्यावसायिक निष्ठा र असल नियतका साथ जिम्मेवारी पूरा गरेका कारण अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूबाट समेत निर्वाचनको उच्च प्रशंसा भएको बताए।

बैठकमा सहभागी प्रदेश कमाण्ड पोस्ट र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनका अनुभव सुनाएको थिए । उहाँहरूले विगत तीन दशकका निर्वाचनको तुलनामा यस पटकको निर्वाचन बढी स्वच्छ र त्रुटिरहित भएको उल्लेख गर्दै गृहमन्त्रीको कुशल नेतृत्व र अभिभावकत्वको सराहना गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी खोलाको स्थलगत निरीक्षणमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...

उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...

एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...

विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुससहित पक्राउ

काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...

घरबाटै काम गर्न सरकारको आह्वान

काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...

शिक्षामन्त्रीले गरे फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...

प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...

शैक्षिक सत्रअघि र एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...

कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending