Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

आर्थिक संकट- थोक व्यापार ४० प्रतिशतसम्म घट्यो

खबरडवली संवाददाता
काठमाडौं । नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ । काठमाडौंको प्रमुख थोक बजार महाबौद्धमा १० वर्षदेखि तयारी कपडाको कारोबार गर्दै आएका यदुनाथ धितालले भाडा तिर्न समेत मुश्किल पर्ने अवस्था आएको बताए । 'भाडा तिर्नसमेत अप्ठ्यारो अवस्था आइसकेको छ । ९ महीनाअघिको अवस्थासँग तुलना गर्दा व्यवसाय ३० प्रतिशतमा सीमित भएको छ,' उनले भने, 'स्टाफलाई तलब दिन उत्तिकै गाह्रो छ । समग्रमा अहिले व्यवसाय निकै खस्केको छ ।' तयारी पोशाक व्यवसायी खनालले अब व्यवसायी पलायनको मुडमा पुगिसकेको बताए । महाबौद्धमै लामो समयदेखि तयारी कपडाको थोक व्यापार गर्दै आएका अर्का व्यवसायी महेश बर्माको गुनासो पनि उस्तै छ । 'देशका विभिन्न ठाउँमा सामान ओसारपसार गरिरहेको हो तर पछिल्लो समय उधारोमा पठाएको सामानको पैसा आइरहेको छैन,' उनले भने, 'साथीहरूले विक्री नै भएको छैन भनिरहेका छन् ।' सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा पनि धेरै खुद्रा व्यवसायीले उधारो तिर्न नसकेको बर्माले बताए । साडी व्यवसायी परमोहन रौनियारले बैंक, वित्तीय संस्था एवं लघुवित्तबाट ऋण पाउनै छोडेको बताए । व्यवसायी रौनियारका अनुसार कसैले पनि ऋण लगानी नगरिरहेको अवस्था छ । 'बैंक, वित्तीय संस्था, लघुवित्त कहीँबाट पनि ऋण मिलिरहेको छैन । सहकारीको स्थिति त सबैलाई थाहा नै छ,' उनले भने । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies