काठमाडौं । नायक तथा मोडल पल शाहले जेल जीवनबाट बाहिर आएको डेढ महिनापछि काम गरेको पहिलो म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा मोडल सनिषा भट्टराइले काम गरिन् ।
यो भिडियाले बजारमा राम्रै चर्चा पाइरहेको छ । पलको जेल जीवनको वास्तविक घटना प्रस्तुत गरेकाले पनि यो भिडियोले बढी चर्चा पाएको हो ।
यसपछि पलको अर्को भिडियो ‘आँशु बनी नखस’ सार्वजनिक भयो । यो भिडियोमा पनि पलले सनिषासँग नै काम गरे ।
छायांकन सेटमै पहिलो पटक पल र सनिषाको भेट भएको थियो । पलको काम र व्यवहारबाट प्रभावित भएको सनिषाले बताएकी छिन् । यो भिडियो सार्वजनिक भएको एक सातापछि पल र सनिषाकै अर्को भिडियो बजारमा आउने तयारीमा छ ।
‘सक्छौं र तिमी म विना बाँच्न’ बोलको गीतमा पल र सनिषाकै अभिनय छ । पल र सनिषाले चौथो म्युजिक भिडियोमा पनि काम गरेका छन् । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ भिडियोमा यी दुइलाई देख्न सकिन्छ ।
पलले लगातार चार वटा भिडियोमा सनिषालाई नै रोज्नुको कारण के होला ? के पलसँग अरु मोडल र नायिकाले काम गर्न आनाकानी गरेका हुन् त ? यो बिषयमा केही दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा पलले पत्रकारलाई नकारात्मक रुपमा नसोच्न आग्रह गरेका थिए ।
तर, पल र सनिषाको भिडियो लगातार ४ वटा आउनुले भने संकेत त्यसतर्फै गरेको छ । पलको भिडियोका लागि उनले जेल जानु अगाडि काम गरेका केही नायिकालाई अफर गरिएको तर उनीहरुले नगरेको वुझिएको छ ।
यसैले पनि पलले सनिषासँग काम गर्न सहज हुने देखेरै उनीसँग लगातार काम गरेका हुन् कि भन्ने प्रश्न उठेको छ ।
मेराे फिल्मबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: