Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

ढोरपाटनका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम

खबरडबली संवाददाता

बागलुङ । बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् ।  

घर निर्माणपश्चात् ८२ बाढीपीडितले रु चार लाखका दरले पाउनुपर्ने रकममध्ये रु ५० हजारका दरले मात्रै पाएका छन् । घर निर्माण गरिसकेका बाढीपीडितले पाउनुपर्ने दोस्रो किस्ता  सात महिनादेखि पाउन सकेका छैनन । ढोरपाटन नगरपालिकाले उचित पहल नगर्दा बाढीपीडितले पहिलो किस्ता रकम पाएको सात महिना बित्दासमेत दोस्रो किस्ता पाउन सकेका छैनन् ।

ढोरपाटन नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए । ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको थियो । ३७ जनाले ज्यान गुमाएका थिए भने १५ जना बेपत्ता छन् । दोस्रो किस्ताका लागि मापदण्ड अनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ । ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितको प्रक्रिया नपुर्‍याउँदा सात महिनादेखि दोस्रो किस्ता रकम अड्किएको छ । नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको श्रेष्ठको भनाइ छ । 

विसं २०७७ मा बागलुङ मनसुनजन्य विपद् प्रभावित जिल्लाका रुपमा सूचीकृत भएकाले ढोरपाटनसहित बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित ६ पालिकाका बाढी तथा पहिरो पीडितले घर बनाउनका लागि नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्ण रुपमा पाउन सकेका छैनन्  । 

जिल्ला प्रशासन कार्यालयले विपद्का लागि कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरे पनि सबैभन्दा बढी पीडितहरु रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी भएको गौतमले बताए। 

“सबैभन्दा समस्या ग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको रु दुई लाख दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन पर्‍यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौँ”, गौतमले भने।

ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताका बापत पाउनुपर्ने रु दुई लाखका दरले रु एक करोड ६४ लाख रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको छ । ढोरपाटन नगरपालिकाले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि प्राविधिक खटाउने तयारी गरेको छ । मूल्याङ्कन फाराम नपाउँदा विवरण सङ्कलनमा ढिलाइ भएको ढोरपाटन नगरपालिकाले जनाएको छ । 

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि तत्कालै बाढी ग्रस्त क्षेत्रमा पाठाइने र मूल्याङ्कनपश्चात् जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताउनुभयो ।

बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भए पनि घर निर्माण गरेका छन् । दोस्रो किस्ताबापत रु दुई लाख भुक्तानी गरेपछि पुन: घर सम्पन्नताको सिफारिस पछि तेस्रो किस्ता बापतको रु एक लाख ५० हजार भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । 

जिल्लामा ढोरपाटन नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी दुई सय १३ बाढीपीडितले घर निर्माणका लागि रु चार लाख पाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउँदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE