Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘नक्कली भुटानी शरणार्थी’ प्रकरण : ‘संसदीय समिति’ गठन गर्न माग

खबरडबली संवाददाता
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणबारे छानबिन गर्न ‘संसदीय विशेष छानबिन समिति’ गठन गर्न माग गरेको छन् । 
 
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको सुरुमै समय माग गरी उनले अहिले भइरहेको छानबिनले  जनताले चाहे जस्तो नतिजा दिन सक्दैन भने।  “नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्ले नै विशेष छानबिन समिति बनाउनुपर्छ ।  भ्रष्टचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आएका थियौँ, तीन राजनीतिक दल बसेको विषयमा आशङ्का व्यक्त गर्दै आएका थियौँ, आज आरोप लाग्न कुनै राजनीतिक दल बाँकी छैन, राज्यका निकायको अनुसन्धानमा नाम आइरहेको छ, अनुसन्धान गर्ने निकायको नाम आइरहेको छ, यस्तो अवस्थामा निष्पक्ष छानबिन हुन्छ भन्न सक्ने आधार छैन”उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणकै सवालमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री निवासमा, सिंहदरबारमा लेनदेनको विषय आइरहेको सन्दर्भ उल्लेख गर्दै यो राज्यमा हामीले कस्लाई विश्वास गर्ने ? प्रश्न गरे।  
 
उनले भने, “विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने हुन्छ, जुनजुन निकाय लागि परेका छन् कसैको पनि विश्वास गर्ने वातावरण छैन, छानबिनका क्रममा जसजसको नाम आएको छ उसलाई सोधपुछ गर्न नहुने ?, छानबिनसमेत गर्न किन डराउनुपर्ने नाम आएको मान्छेको बारेमा ।” जसजसको नाम आएको छ उनीहरु सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने, कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।
 
 “यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा प्रहरी प्रमुखले अडियो सही हो भनिरहनुभएको छ, एक पटक सोधबुझका लागि बोलाउन नहुने को हो उहाँहरु ?” सांसद लामिछानेले भने । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाघ्याे, चाँदीकाे कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending