काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् ।
उनले विगतमा चलचित्र छायांकनको दौरान आफूलाई एक निर्माताले गरेको व्यवहारबारे उक्त अन्तर्वार्तामा उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘यो वर्ष २००२ वा २००३ को कुरा हो । एक चलचित्रको सुट चलिरहेको थियो । कथाअनुसार एउटा रोलमा मैले एक पुरुषलाई सेड्युस गर्नुपर्ने थियो । जहाँ मैले आफूले लगाएको एउटा कपडा खोल्नुपर्ने थियो । म उक्त पुरुषलाई सेड्युस गर्ने प्रयास गरिरहेको थिएँ । म त्यो कपडा खोल्दा पनि आफूलाई अप्ठ्यारो नपर्ने गरी आफ्नो चरित्र निभाउन चाहन्थे । तर, फिल्म मेकरलाई भने त्यो मञ्जुर थिएन । उनीहरुलाई मेरो अन्डरवेयर हेर्नु थियो । भन्दै हुनुहुन्थ्यो, ‘मलाई यस चलचित्रमा उनको अन्डरवेयर हेर्नुछ। नत्रभने यो फिल्म हेर्न दर्शक किन हलसम्म आउने ?’
प्रियंकाले उक्त कुरा आफूलाई सीधै नभनिएको सुनाइन् ।
‘उहाँले यो कुरा मलाई डाइरेक्ट भन्नुभएन । उहाँले मेरो अगाडि भएको स्टाइलिस्टलाई मैले सुन्ने गरी भन्नुभयो । त्यो मेरो लागि एकदमै अमानवीय क्षण थियो । एउटा चलचित्र चलाउन मलाई कसरी प्रयोग गर्ने भन्नेमात्र सोचिँदोरहेछ भन्ने महसुस भएको थियो । चलचित्रमा मैले गर्ने योगदान र मेरो कलाको कुनै महत्त्वपूर्ण रहेनछ भन्ने अनुभूति भइरहेको थियो’, उनले थपिन् ।
दुई दिन काम गरेपछि आफूले उक्त चलचित्र छाडेको प्रियंकाले बताएकी छन् । उनले जोडिन्, ‘दुई दिनपछि मैले चलचित्र छाडें । यो घटना थाहा पाएपछि मेरो बुवाले मलाई चलचित्र छायांकनमा मेरो लागि लागेको खर्च पनि आफ्नै पैसाबाट फिर्ता गर्न भन्नुभयो । उक्त व्यक्तिलाई म अहिले पनि सम्झिन चाहन्न ।’
अहिले प्रियंका बलिउडमात्र नभएर हलिउडमा पनि छाएकी अभिनेत्री हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: