Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८० आईतवार | 1st October, 2023 Sun

किन ब्युँताइयो विवादित संसदीय कोष ?

खबरडवली संवाददाता
काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरूले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ५ करोड रूपैयाँका दरले बजेट छुट्याएको छ । संघीयताको मर्मविपरीत गैरसंवैधानिक काममा सांसदलाई लगाइएको भन्दै यो कार्यक्रम खारेज भएको थियो । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सांसद विकास कोष केन्द्रित कार्यक्रम घोषणा गरेका हुन् । एक निर्वाचन क्षेत्रमा ५ करोडका दरले ८ अर्व बजेट विनियोजन गरिएको छ । विगतमा सांसद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई आर्थिक वर्ष २०७५/७६ बाट स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नामकरण गरिएको थियो । सांसदका नाममा प्रत्येक निर्वाचन क्षेत्रमा जाने रकमबाट कार्यान्वयन हुने आयोजनाको छनोट कात्तिक मसान्तभित्र सक्नुपर्ने यसको नियम राखिएको थियो ।  छनोट भएका आयोजना कार्यान्वयनका लागि मंसिर १५ भित्र सम्बन्धित स्थानीय तहमा पठाउनुपर्ने गरी समय तोकिएको थियो । सांसदका लागि आएको रकमबाट कार्यान्वयन आयोजनामा स्थानीय तहले समेत वित्तीय साझेदारी गर्न सक्ने गरी प्रावधान राखिएको थियो । ५० लाख र सोभन्दा माथिको आयोजना कार्यान्वयन गर्दा अनिवार्य बोलपत्र आह्वानमा जानपर्नेसमेत नियमावली बनाइएको थियो ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले प्रदेश अधिवेशन- ओलीको निर्देशनविपरित कोशी र कर्णालीमा आज चुनाव

काठमाडौं । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। कर्णालीमा बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी छ।  शनिबार ...

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक पेश गर्ने तयारी

सरकारले आयोग गठन नगरेको भन्दै संसद चल्न नदिने एमालेको चेतावनी

ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : रवि लामिछाने

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रम...

कुशलको कीर्तिमानी शतकपछि आमा शर्मिला भन्छिन्– देशको नाम राख्यो निकै खुसी छु

साग केलाउँदै छोराको खेल हेरेँ

खोलाले बगाएको जीप भेटियो- एक मृत फेला, दुई अझै बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खो...

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क

काठमाडौँ  । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन...

दुध किसानले तीन महिनादेखिको भुक्तानी पाएनन्, छ अर्ब बाँकी

काठमाडौं । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्।  ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपि...

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन...

जसपाको कार्यवाहक अध्यक्षमा राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन्।  पार्टी अ...

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपान...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending