बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्।
छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।
सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउन क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् ।
उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए ।
“खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ”, उनी भनिछन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।
रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।
शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । “साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन”, उनी भन्छिन्, “सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।”
मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनले निन्, “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।”
एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८० - ०९:४०
काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि ...
आश्विन ४ गते, २०८० - ०९:३२
विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने शिक्षकहरुको अडान
आश्विन ४ गते, २०८० - ०९:००
भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत ...
आश्विन ४ गते, २०८० - ०८:५२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको केन्द्रीय कार...
आश्विन ४ गते, २०८० - ०८:३४
काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बाले वैवाहिक सम्वन्धबारे थप खुलासा गरेकी छन्। एक युट्युव च्यानललाई अन्तरवार्ता दिँदै माल्भिकाले आफू पूर्वपतिसँग...
आश्विन ४ गते, २०८० - ०८:००
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन-११ बारे छलफल हुने जनाइएको छ। बैठक ...
आश्विन ४ गते, २०८० - ०७:४४
काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सा...
आश्विन ४ गते, २०८० - ०७:२९
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही १४ असोजदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु गर्ने भएको छ । पार्टीले अवलम्बन...
आश्विन ४ गते, २०८० - ०७:१८
शेखरको विश्वास- शशांक र सुजाताको साथ भए सफलता मिल्थ्यो
आश्विन ४ गते, २०८० - ०७:०५
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री यु...
प्रतिकृया लेख्नुहोस्: