काठमाडौं । भारत र चीनबीच तनाव गहिरिँदै जाँदा दुवैले एकअर्काका पत्रकारलाई आफ्नो मुलुकमा भिसा दिन रोक लगाएका विवरण आएका छन्। अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा यसै साता प्रकाशित विवरण अनुसार हालैका हप्ताहरूमा दुवै देशका सरकारले एकअर्काको मुलुकका पत्रकारको पहुँच पूर्ण रूपमा समाप्त हुने खालका कदम चालेका छन्।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यसलाई ‘खतरनाक प्रवृत्ति’ भन्दै त्यसले दुई देशको सम्बन्धलाई सामान्य बनाउन असर पार्न सक्ने चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारहरूको सङ्ख्या १४ बाट घटेर एकमा आएको भन्दै लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीहरूले विभेदको सामना गर्नुपरेको बताएकी छन्।
वाल स्ट्रिट जर्नलको समाचार अनुसार यसै महिना भारतले आफ्नो मुलुकमा बाँकी रहेका दुईजना अन्तिम चिनियाँ पत्रकारहरूको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो।
त्यसमा चिनियाँ समाचार संस्था सिन्हुआका एक र चाइना सेन्ट्रल टेलिभिजनका अर्का पत्रकार थिए। उक्त विवरणमा दाबी गरिएअनुसार भारत र चीनले एक अर्काको देशका पत्रकारलाई आ-आफ्ना मुलुकभित्रको पहुँच लगभग समाप्त गरिदिएका छन्।
उक्त विवरण अनुसार यो वर्षको सुरुवातमा भारतीय सञ्चारमाध्यमहरूका चारजना पत्रकार चीनमा काम गरिरहेका थिए। त्यसमध्ये दुई जनालाई चीनले प्रवेशाज्ञा नदिएको र तेस्रालाई उनले प्राप्त गरेको अनुमतिलाई फिर्ता लिइएको भनिएको थियो।
चीनको विदेश मन्त्रालयलकी प्रवक्तालाई यसबारेमा प्रश्न सोधिएपछि उनले भारतले चिनियाँ सञ्चारमाध्यमहरूको वैधानिक अधिकार र स्वार्थ रक्षा गर्न यस्तो गर्नुपरेको बताइन्।
उनले भारतले आफ्ना देशका पत्रकारसँग गर्ने व्यवहारले चीनमा भारतका पत्रकारहरूलाई गरिने व्यवहार निर्भर हुने बताइन्। प्रवक्ता माओ निङले भारतको आलोचना गर्दै त्यहाँ चिनियाँ सञ्चारकर्मीहरूमाथि ‘भेदभावपूर्ण र अनुचित’ व्यवहार गरिने बताइन्।
भारत र चीनको सीमा सन् २०२० मा दुई देशका सेनाबीच भएको हिंसक झडपपछि उनीहरूबीच तनाव बढेको छ। सन् २०२० यता भारतले चिनियाँ पत्रकारहरूका लागि लामो समयको भिसा जारी गरेको छैन। डिसेम्बर २०२१ मा भारतले दुई महिनाको वैधानिक भिसा भएका चीनका पत्रकारहरूलाई १० दिनभित्र फिर्ता गरिदिएको थियो।
वाल स्ट्रीट जर्नलको रिपोर्टमा दाबी गरिएअनुसार हालै भारतले आफ्नो देशमा बाँकी रहेका अन्तिम चिनियाँ पत्रकारको भिसा अघि नबढाएर उनलाई फर्कनलाई बाध्य पारिदिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...
फाल्गुन २१ गते, २०८२ - ०८:५५
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...
फाल्गुन २१ गते, २०८२ - ०८:५१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...
फाल्गुन २१ गते, २०८२ - ०८:४८
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...
फाल्गुन २१ गते, २०८२ - ०८:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...
फाल्गुन २१ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...
फाल्गुन २१ गते, २०८२ - ०७:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...
फाल्गुन २१ गते, २०८२ - ०७:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...
फाल्गुन २१ गते, २०८२ - ०७:३९
मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...
फाल्गुन २१ गते, २०८२ - ०७:२८
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...



प्रतिकृया लेख्नुहोस्: