Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भारत र चीनद्वारा एकअर्काका पत्रकारलाई भिसामा रोक

खबरडबली संवाददाता

काठमाडौं । भारत र चीनबीच तनाव गहिरिँदै जाँदा दुवैले एकअर्काका पत्रकारलाई आफ्नो मुलुकमा भिसा दिन रोक लगाएका विवरण आएका छन्। अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा यसै साता प्रकाशित विवरण अनुसार हालैका हप्ताहरूमा दुवै देशका सरकारले एकअर्काको मुलुकका पत्रकारको पहुँच पूर्ण रूपमा समाप्त हुने खालका कदम चालेका छन्।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यसलाई ‘खतरनाक प्रवृत्ति’ भन्दै त्यसले दुई देशको सम्बन्धलाई सामान्य बनाउन असर पार्न सक्ने चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारहरूको सङ्ख्या १४ बाट घटेर एकमा आएको भन्दै लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीहरूले विभेदको सामना गर्नुपरेको बताएकी छन्।

वाल स्ट्रिट जर्नलको समाचार अनुसार यसै महिना भारतले आफ्नो मुलुकमा बाँकी रहेका दुईजना अन्तिम चिनियाँ पत्रकारहरूको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो।

त्यसमा चिनियाँ समाचार संस्था सिन्हुआका एक र चाइना सेन्ट्रल टेलिभिजनका अर्का पत्रकार थिए। उक्त विवरणमा दाबी गरिएअनुसार भारत र चीनले एक अर्काको देशका पत्रकारलाई आ-आफ्ना मुलुकभित्रको पहुँच लगभग समाप्त गरिदिएका छन्।

उक्त विवरण अनुसार यो वर्षको सुरुवातमा भारतीय सञ्चारमाध्यमहरूका चारजना पत्रकार चीनमा काम गरिरहेका थिए। त्यसमध्ये दुई जनालाई चीनले प्रवेशाज्ञा नदिएको र तेस्रालाई उनले प्राप्त गरेको अनुमतिलाई फिर्ता लिइएको भनिएको थियो।

चीनको विदेश मन्त्रालयलकी प्रवक्तालाई यसबारेमा प्रश्न सोधिएपछि उनले भारतले चिनियाँ सञ्चारमाध्यमहरूको वैधानिक अधिकार र स्वार्थ रक्षा गर्न यस्तो गर्नुपरेको बताइन्।

उनले भारतले आफ्ना देशका पत्रकारसँग गर्ने व्यवहारले चीनमा भारतका पत्रकारहरूलाई गरिने व्यवहार निर्भर हुने बताइन्। प्रवक्ता माओ निङले भारतको आलोचना गर्दै त्यहाँ चिनियाँ सञ्चारकर्मीहरूमाथि ‘भेदभावपूर्ण र अनुचित’ व्यवहार गरिने बताइन्।

भारत र चीनको सीमा सन् २०२० मा दुई देशका सेनाबीच भएको हिंसक झडपपछि उनीहरूबीच तनाव बढेको छ। सन् २०२० यता भारतले चिनियाँ पत्रकारहरूका लागि लामो समयको भिसा जारी गरेको छैन। डिसेम्बर २०२१ मा भारतले दुई महिनाको वैधानिक भिसा भएका चीनका पत्रकारहरूलाई १० दिनभित्र फिर्ता गरिदिएको थियो।

वाल स्ट्रीट जर्नलको रिपोर्टमा दाबी गरिएअनुसार हालै भारतले आफ्नो देशमा बाँकी रहेका अन्तिम चिनियाँ पत्रकारको भिसा अघि नबढाएर उनलाई फर्कनलाई बाध्य पारिदिएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending