Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

खबरडबली संवाददाता
काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएको छन् ।
     
धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन हुने गरी साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै बुढामगरलाई धन्यवाद ज्ञापन गरे।
     
सभापति देउवाले बुढामगरको सफलता पार्टी, राष्ट्र र नेपाली जनताको लागि गौरवको कुरा हो भन्दै यो खुसीलाई आम नेपाली जनताको साथ र हौसला बढाएको बताए । “सगरमाथा आरोहण गरी बुढामगरले कीर्तिमान कायम गर्दै देशको गौरव र सान बढाएको छन् । भोलिका दिनमा अझै कीर्तिमान थप्दै जानुस् मेरो पार्टी र सम्पूर्ण नेपाली जनताकातर्फबाट हार्दिक बधाई तथा शुभकामना धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भने ।
    
उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जनचेतना अभिवृद्धिमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो । सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले बुढामगरलाई कदरसहित सम्मान र पार्टीको चारतारे झण्डा पनि दिनुभएको थियो । सो अवसरमा आरोही बुढामगरका बुबा तथा आरोहण दलका सदस्यलाई पनि सम्मान गरिएको थियो । 
 
आरोही बुढामगरले बाल्यकालमा गाउँमा छँदा भोगेका दु:ख र सङ्घर्षका किस्सा सुनाउँदै आफ्नो सफलताले देशको गौरव र इज्जत बढाएको बताए । उनले आफू स्वतन्त्ररुपमा देशको गौरव बढाउन विभिन्न सामाजिक काम गरेर अघि बढ्न चाहेको उल्लेख गरे ।
     
आरोही बुढामगरले विश्व शान्ति प्रवद्र्धन र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने बताए । जवाफमा कांग्रेससभापति देउवाले जलवायु परिवर्तनबारे आरोही बुढामगर जानकार रहेको र यसलाई अभियानकैरुपमा अघि बढाउन आफ्नो पार्टीले सक्दो साथ र सहयोग गर्ने वचन दिए ।
     
“सगरमाथाले धेरै राजनीतिक पार्टीमा परिवर्तन ल्याएको छ, निजामती प्रशासनलाई पनि झकझक्याएको छ, मैले १५ वर्ष बृटिस आर्मीमा जागिर खाए । जहिले पनि देशका लागि के गर्ने भन्ने आकाङ्क्षा थियो अहिले सगरमाथा चढेर देशको गौरव बढाएको छु । मेरो श्वास रहुञ्जेल देशकै लागि केही गर्ने योजनामा छु”, उनले भने।
     
आरोही बुढामगरले सगरमाथा आरोहणका क्रममा जलवायु परिवर्तनको प्रभाव परिरहेको देखेको भन्दै विश्व तापमान र जलवायु परिवर्तनको क्षेत्रमा सक्रिय भएर काम गर्न चाहेको उल्लेख गरे । घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको थिए । उहाँ घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बन्नुभएको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending