काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदले दोस्रो पटक पास गरेको विधेयक तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगर्दा संवैधानिक व्यवस्थाको उल्लंघन भएको बताए ।
प्रधानमन्त्री दाहालले भने, 'कमभन्दा कम क्षतिसहित कसरी संविधानलाई ट्य्राकमा ल्याउने भन्ने भयो । यो भन्दा उत्तम विधि सरकारले, गठबन्धनले देखेन । व्यक्तिको चित्त नबुझ्न पाउँछ । अब दुवै पक्ष सान्त हौं भन्ने हो । यो विषय अदालत पुगिसक्यो, अल्पकालीन स्टे पनि दिइसक्यो ।'
संसद्बाट दुई पटक पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दा के हुन्छ भन्ने प्रष्ट नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । 'दुवै सदनबाट दुई पटक पारित भएर राष्ट्रपतिकहाँ गएको र राष्ट्रपतिले होल्डमा राखेको विधेयकको हैसियत के हुन्छ ? संविधानले प्रस्टसँग केही पनि भनेको छैन । १५ दिनपछि स्वत: प्रमाणीकरण नगरे स्वत: खारेज हुन्छ वा निष्क्रिय हुन्छ भनेर प्रस्ट भनिदिएको भए त विवाद र बहस गर्नुपर्ने कारण हुने थिएन,' उनले भने, 'दुई पटक पास भएपनि राष्ट्रपति कहाँ गएको छ । १५ दिनमा प्रमाणीकरण नभए स्वत: खारेज वा निष्क्रिय हुन्छ भनिदिएको भए हुन्थ्यो तर केही भनेको छैन । खारेज हुने वा निष्क्रिय हुने पनि भनेको छैन भने सरकारले त्यै विधेयकलाई फेरि सदनमा लानुपर्छ पनि भनेको छैन ।'
सरकारले कमभन्दा कम क्षतिसहित संविधानलाई ट्याकमा ल्याउन चोहेको उनले बताए । प्रचण्डले अगाडि भने, ‘संविधानको रक्षा गर्ने दृष्टिले यो भन्दा अर्को उत्तम विधि सरकारले देखेन ।’
यद्यपि अब यो विषय अदालतमा पुगेको र अल्पकालीन अन्तरिम आदेश आइसकेको भन्दै उनले अदालतको फैसला आएपछि फेरि बहस गर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...
पौष १३ गते, २०८२ - १०:३३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...




प्रतिकृया लेख्नुहोस्: