काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको स्पष्ट पारेको हो ।
रामकृष्ण श्रेष्ठको कामको अनुभव र दक्षताका कारण सेवा निवृत्तपछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “चालु आर्थिक वर्षमा पनि निजलाई सूचना प्रविधि सहायक कर्मचारीका रूपमा करारमा नियुक्त गरिएको र विगतका वर्षहरूमा जस्तै आर्थिक विधेयक ०८०/८१ को मस्यौदा टाइप गर्ने कार्यमा संलग्न गराइएको ब्यहोरा जानकारी गराइन्छ ।”
सोमबार ‘अनलाइन खबर’ को करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
समाचारमा नाम उल्लेख गरिएका रामकृष्ण श्रेष्ठ निजामती सेवामा लामो समय भन्सार विभागमा रही आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काम गरिरहेका सेवा निवृत्त कर्मचारी भएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले विज्ञप्तिमा जनाएका छन्।
“बजेट तर्जुमा दिग्दर्शनले तोकेको पादधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रूप दिएपश्चात् कम्प्युटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धाशुद्धि परीक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराई जिम्मेवारीपूर्वक तोकिएका कार्य गर्ने गराउने गरिएको हो, यो स्थापित अभ्यास हो”, प्रेस विज्ञप्ति उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८० - ०७:५५
काठमाडौं । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्...
आश्विन १७ गते, २०८० - ०७:४३
दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ। सरकारले दैलेखको भैरवी गाउँपालिका-१ रावतकोटमा पेट्रोलियम पदा...
आश्विन १७ गते, २०८० - ०७:३६
काठमाडौं । इलेक्ट्रिक सिग्रेट (भेप) को ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनु...
आश्विन १७ गते, २०८० - ०७:२८
काठमाडौं । मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु...
आश्विन १७ गते, २०८० - ०७:२५
काठमाडौं । नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी ...
आश्विन १७ गते, २०८० - ०७:१५
भोजपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन्। समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले सम...
आश्विन १७ गते, २०८० - ०७:०९
काठमाडौं । पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन्। एक विज्ञप्ति जा...
आश्विन १७ गते, २०८० - ०६:५४
काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ । प्रदेश समिति सर्व...
आश्विन १७ गते, २०८० - ०६:४९
नेपालगन्ज । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेक...
आश्विन १६ गते, २०८० - ०९:२८
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थया...
प्रतिकृया लेख्नुहोस्: