काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले असन्तुष्टि व्यक्त गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै अदालतले अन्यायमा परेका लाखौँ नागरिकलाई न्याय दिन नसकेको भन्दै आपत्ति जनाए।
“सम्मानित सर्वोच्च अदालतद्वारा यस विषयमा पटक–पटक आउने स्थगन आदेश नागरिकताविहीन नागरिकहरूप्रति संवेदनशील नरहेको र अन्यायमा परेका लाखौँ नागरिकलाई न्याय दिन नसकेको निर्णयप्रति असहमत रही सोको पीडा बोध भएकाले यस किसिमको अन्यायविरुद्ध विरोध प्रकट गर्न हामी बाध्य भएका छौँ”, विज्ञप्तिमा भनिएको छ ।
साथै लोसपाले वर्तमान राष्ट्रपति पौडेलले भने आफ्नै देशको नागरिकमाथि भइराखेको अन्याय रोक्न ऐतिहासिक कदम चालेर विधेयकलाई प्रमाणीकरण गरेको धन्यवाद दिएको छ । राष्ट्रपति पौडेलले सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधित्व गर्ने सङ्घीय संसद्को सर्वोच्चता कायम गरेको भन्दै लोसपाले आभार व्यक्त गरेको छ ।
राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयकविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
लोसपाले सुरुदेखि नै आफ्नै मुलुकमा नागरिकताविहीन अवस्थामा रहेका जन्मसिद्ध नागरिकका सन्तानले संवैधानिक व्यवस्थाअनुसार नागरिकता पाउनै पर्ने विषयलाई लिएर निरन्तर सङ्घर्ष गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १४ गते, २०८० - ०८:००
काठमाडौं । नेकपा एकीकृत समाजवादीका पूर्वी नवलपरासी जिल्ला अध्यक्षसहित ३१ जना नेताले पार्टी छाडेका छन्। संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको...
आश्विन १४ गते, २०८० - ०७:४४
काठमाडौं । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। कर्णालीमा बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी छ। शनिबार ...
आश्विन १४ गते, २०८० - ०७:३२
सरकारले आयोग गठन नगरेको भन्दै संसद चल्न नदिने एमालेको चेतावनी
आश्विन १४ गते, २०८० - ०७:२४
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रम...
आश्विन १४ गते, २०८० - ०७:१८
साग केलाउँदै छोराको खेल हेरेँ
आश्विन १४ गते, २०८० - ०७:०९
पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खो...
आश्विन १४ गते, २०८० - ०७:००
काठमाडौँ । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन...
आश्विन १४ गते, २०८० - ०६:५६
काठमाडौं । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपि...
आश्विन १४ गते, २०८० - ०६:५४
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन...
आश्विन १२ गते, २०८० - ०९:३७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन्। पार्टी अ...
प्रतिकृया लेख्नुहोस्: