महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो ।
प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रालाई उच्चबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।
प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रालाई छात्रवृत्ति दिइने उनले बताए ।
छात्रवृत्ति प्रदेशका आठवटै जिल्लाका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले पाउने छन् । छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ ।
छात्रवृत्तिमा साधारण र प्राविधिक गरी दुई वर्गमा शैक्षिक शुल्कबापत वार्षिक रु २५ र ३५ हजार प्रदान गरिने छ । प्राविधिक शिक्षा पढ्नेलाई रु ३५ र मानविकी, वाणिज्य, शिक्षाका लागि रु २५ हजार उपलब्ध गराइने छ ।
प्रदेश सरकारले छात्रवृत्तिका लागि चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन गरेको छ । मधेसमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको साक्षरता दर ६३.५ प्रतिशत तथा महिला साक्षरता ४३.२ प्रतिशत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - ०९:३६
काठमाडौँ । विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक÷एक लाख जरिवाना त...
पौष १९ गते, २०८१ - ०९:२८
ठगीमा संलग्न पोखरेललाई गएको निर्वाचनमा एमालेले गरेको थियो उम्मेदवार सिफारिस
पौष १९ गते, २०८१ - ०९:१६
काठमाडौं । मुगुमा भूकम्प गएको छ। आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरि...
पौष १९ गते, २०८१ - ०८:५७
म्याग्दी । १५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका- २ खबरा गाउँभरि केराखेती गरिएको छ। तर उत्पादन भएको केराले बजार पाएको छैन। हिउँदयाम...
पौष १९ गते, २०८१ - ०८:४५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । आज बस्ने बैठकमा मु...
पौष १९ गते, २०८१ - ०८:४२
पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २...
पौष १९ गते, २०८१ - ०८:४०
बझाङ । मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रह...
पौष १९ गते, २०८१ - ०८:३७
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुँदैछ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीम...
पौष १९ गते, २०८१ - ०७:४३
काठमाडौं । विधानको व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको एक वर्षभित्र हुनुपर्नेछ। कांग्रेसभित्रको तयारी र विगतको अभ्यास हेर्दा १५औं महा...
पौष १९ गते, २०८१ - ०७:३४
काठमाडौँ । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेम...
प्रतिकृया लेख्नुहोस्: