काठमाडौ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ ९–८० जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।
प्रवक्ता सिटौलाले भने, “विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुन: काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०:३० बजे अर्के जहाजको उडानबाट गन्तव्य लगिएको छ ।”
काठमाडौँ विमानस्थलबाट विहान ८:३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्याइएको पनि थियो ।
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १३ गते, २०८० - १७:०४
दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पद...
आश्विन १३ गते, २०८० - १६:५३
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मतदान भोली ११ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन कमिटीले शनिबार निर्वाचन कार्यतालिका प्रकाशन गर्दै आइतबार...
आश्विन १३ गते, २०८० - १६:४२
काठमाडौँ । नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्...
आश्विन १३ गते, २०८० - १६:२६
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपा...
आश्विन १३ गते, २०८० - १६:१५
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष ...
आश्विन १३ गते, २०८० - १५:५४
काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्ने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय अनुसार वार्ता शनिबार ४ बजेदेखि गृह मन्त्रालय...
आश्विन १३ गते, २०८० - १५:१७
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–...
आश्विन १३ गते, २०८० - १५:१०
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको ढुकुटी लुटेर भातृ संगठन, नेता तथा कार्यकर्तालाई मात्र पक्षपोषण गरेको बत...
आश्विन १३ गते, २०८० - १४:५५
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् । पूर्वराजा शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खे...
आश्विन १३ गते, २०८० - १४:४४
काठमाडौ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनक...
प्रतिकृया लेख्नुहोस्: