Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८० आईतवार | 1st October, 2023 Sun

करोडौँ रकम ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ

खबरडबली संवाददाता

काठमाडौ । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । 

उनका अनुसार उनीहरुले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरुपयोग गरी कम शुल्क प्रविष्ट गरी ठगी गरेका हुन् । यसरी ठगी गरेको आरोप पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका– ४ घर भई भक्तपुरको ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका– ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँको बालुवाटार बस्ने ३४ वर्षे आशीष अर्याल छन् । 

उनीहरुविरुद्ध आपराधिक लाभ तथा आपाराधिक विश्वासघातसम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । उनीहरुलाई आजै सार्वजनिक पनि गरिएको छ । 

ती कर्मचारीले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीबाट शय्या शुल्क, डाक्टर शुल्क र नर्सिङ शुल्कसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्कभन्दा कम शुल्क देखाए रु दुई करोड ६३ लाख ५५ हजार ठगी गरेको आरोप लागेको ललितपुर प्रहरीको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुआब्जा विवाद सुल्झियो

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पद...

एमाले कोशी अधिवेशनको मतदान भोली ११ बजे देखि हुने

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मतदान भोली ११ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन कमिटीले शनिबार निर्वाचन कार्यतालिका प्रकाशन गर्दै आइतबार...

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम आजदेखि सुरु

काठमाडौँ । नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्...

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण: नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपा...

भ्रष्टाचार नियन्त्रण गर्न नीति निर्माणसँगै कार्यान्वयन पक्ष कमजोर छ : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष ...

सरकार र आन्दोलनरत चिकित्सकहरूबीच वार्ता हुँदै

काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्ने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय अनुसार वार्ता शनिबार ४ बजेदेखि गृह मन्त्रालय...

भोटखोलामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडियो

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–...

राज्यको ढुकुटी लुटेर भातृ संगठन तथा कार्यकर्तालाई पक्षपोषण गर्ने काम भयो: सभापति लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको ढुकुटी लुटेर भातृ संगठन, नेता तथा कार्यकर्तालाई मात्र पक्षपोषण गरेको बत...

विश्वकीर्तिमानी नेपाली क्रिकेट टोलीलाई पूर्वराजाले दिए बधाई

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् । पूर्वराजा शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खे...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनक...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending