चितवन । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन ९डिएलए०को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केसीले छ सय ५३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल रावलले एक सय ७७ मत प्राप्त गरे । यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार केदार कार्कीले एक सय ३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुसालले ५३ मत प्राप्त गरेको थिए ।
आज बिहान सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी भएको छन् । उनले तीन सय १५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी चन्द्रमणि अधिकारीले दुई सय ६४ मत प्राप्त गरे । महिला उपाध्यक्षमा कविता थापा कार्कीले छ सय १९ मत प्राप्त गर्दा प्रतिस्पर्धी दीना श्रेष्ठले चार सय १२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै बागमती प्रदेश उपाध्यक्षमा जनराज श्रेष्ठ निर्वाचित भएको छन् । उनले एक सय ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हेमन्तराज दाहालले एक सय नौ मत प्राप्त गरेको छन् ।
कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द साह, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेश उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा गङ्गाराम पाध्याय निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेमराज नेपालले जानकारी दिए।
समितिका संयोजक नेपालका अनुसार महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी भएको छन् । उनले तीन सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी पूर्णप्रकाश बस्नेतले दुई सय ३६ मत प्राप्त गरेको थीए । यस्तै सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवतर्फ धनमाया राना, कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएको छन् ।
महाधिवेशनमा देशभरका ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय १० जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । यसमध्ये एक हजार ६१ मत खसेको थियो । महाधिवेशनको यही जेठ २६ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: