Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मनसुन भित्रिन अनुकूल वातावरण बन्दै, केही दिनभित्रै नेपालमा मनसुन प्रवेदश गर्दै

खबरडबली संवाददाता

काठमाडौ  । पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए । सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ । अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेदश गर्दैछ ।   

नेपालमा मनसुन भित्रिने समय ९जेठ ३०० नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ । यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र विहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको देखिएको छ । यसले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

उनले भने, “शनिबारदेखि नै कोशी प्रदेशमा तापक्रम घटिरहेको छ, बादल बनिरहेको छ र मनसुनका लागि आवश्यक अनुकूल वातावरण बन्दै गएको अवस्था देखिन्छ ।” आन कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

साथै कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ ।

यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज यहाँ एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय ९जेठ १८ देखि असोज १३ गते० को हावापानी आकलन प्रक्षेपण गरेको हो ।

विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ । 

यसै सिलसिलामा विभागले आज सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आकलनको जानकारी गराएको छ ।

आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ । धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

यस कार्यक्रमको प्रमुख उद्देश्य आगामी मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आकलनबारे जानकारी गराइनाका साथै छलफलमार्फत सरोकारवालाको आवश्यकता पहिचान गरी सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराइ आ–आफ्नो क्षेत्रको आगामी योजना तर्जुमालगायत जलवायु सूचित निर्णय प्रक्रियामा सहयोग पुर्‍याउनु रहेको विभागको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy