Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नक्कली भुटानी शरणार्थी प्रकरण- अहिलेसम्म के भयो, अबको प्रक्रिया के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको थुनछेक बहसमा आरोपितमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट मङ्गलवार १० जना वकिलहरूले बहस गरेका छन्।

अठार आरोपितका तर्फबाट ११० जना वकिलले बहस गर्न नाम टिपाएकोमा मङ्गलवारसम्म ६५ जनाले मात्र बहस सकेको जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डूका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले बताए।

उनका अनुसार अझै पाँच जना प्रतिवादीका वकिलहरूले बहस गर्न बाँकी छ। "न्यायाधीशज्यूले बिहीवारसम्म बहस टुङ्ग्याउन भन्नु भएको छ तर अझै प्रतिवादीका तर्फबाटै धेरै वकिलहरू बहस गर्न बाँकी हुनुहुन्छ त्यसपछि सरकारी वकिलको कार्यालयका तर्फबाट बहस गर्न बाँकी नै छ," उनले मङ्गलवार साँझ भने।

जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले खाँडका वकिलहरूको बहस बुधवार १२ बजेसम्म सक्न भनेको खत्रीले जानकारी दिए। खाँड पछि शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट वकिलहरूले बहस गर्ने पालो छ। उनका तर्फबाट पनि धेरै जना वकिलहरूले बहसका लागि नाम टिपाएका छन्।

शरणार्थी प्रकरणसम्बन्धी पुर्पक्षको सुनुवाइ लम्बिँदै गएको कुरा सरकारी वकिल कार्यालयकै अधिकारीहरू स्वीकार गर्छन्। थुनछेक बहस गत साता सुरु भएको हो।

‘बहस धेरै लामो भयो’

खत्रीका अनुसार छजना आरोपितका तर्फबाट अझै ४४/४५ जना वकिलले बहस गर्न बाँकी छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको थुनछेक बहस भइरहेको छ।

सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीका अनुसार खाणको पक्षमा बहस गर्ने वकिलहरू धेरै भएकाले बहस लम्बिएको छ।

अब सुनुवाइ हुन बाँकी रहेका आरोपितहरू बालकृष्ण खाण, टेकनाथ रिजाल, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मियाँ र आङ्टावा शेर्पा रहेका छन्।

यति लामो थुनछेक बहस भएको आफूले अनुभव नगरेको बहसको टिपोट गर्न सरकारी वकिल कार्यालयबाट खटिएकी मरासिनीले बताइन्।

“मेरो अनुभवमा र सरकारी वकिल कार्यालय, काठमाण्डूकै अनुभवमा पनि यति लामो थुनछेक बहस भएको थिएन,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

अबको प्रक्रिया ?

प्रतिवादीहरूका तर्फबाट वकिलहरूले बहस सकेपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन्। सरकारी वकिलहरूले जवाफी बहसले चाहिँ प्रतिवादी पक्षको जस्तो धेरै समय नलिने अधिकारीहरूले बताएका छन्।

“जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने आदेश आउँछ,” न्यायाधिवक्ता खत्रीले भने।

कुन अपराधमा कति सजाय?

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डूले जेठ १० गते ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा रहेको छ।

दोषी ठहर हुनेलाई प्रत्येक अभियोगमा सात वर्ष जेल र ७०,००० रुपैयाँसम्म जरिबाना हुन सक्छ। राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल र ५०,००० रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

त्यसैगरी सङ्गठित अपराधको कसुरमा पनि पाँच वर्ष जेलसजाय र ५०,००० रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।

अहिलेसम्म के भयो?

१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ 

बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: