Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नक्कली भुटानी शरणार्थी प्रकरण- अहिलेसम्म के भयो, अबको प्रक्रिया के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको थुनछेक बहसमा आरोपितमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट मङ्गलवार १० जना वकिलहरूले बहस गरेका छन्।

अठार आरोपितका तर्फबाट ११० जना वकिलले बहस गर्न नाम टिपाएकोमा मङ्गलवारसम्म ६५ जनाले मात्र बहस सकेको जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डूका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले बताए।

उनका अनुसार अझै पाँच जना प्रतिवादीका वकिलहरूले बहस गर्न बाँकी छ। "न्यायाधीशज्यूले बिहीवारसम्म बहस टुङ्ग्याउन भन्नु भएको छ तर अझै प्रतिवादीका तर्फबाटै धेरै वकिलहरू बहस गर्न बाँकी हुनुहुन्छ त्यसपछि सरकारी वकिलको कार्यालयका तर्फबाट बहस गर्न बाँकी नै छ," उनले मङ्गलवार साँझ भने।

जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले खाँडका वकिलहरूको बहस बुधवार १२ बजेसम्म सक्न भनेको खत्रीले जानकारी दिए। खाँड पछि शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट वकिलहरूले बहस गर्ने पालो छ। उनका तर्फबाट पनि धेरै जना वकिलहरूले बहसका लागि नाम टिपाएका छन्।

शरणार्थी प्रकरणसम्बन्धी पुर्पक्षको सुनुवाइ लम्बिँदै गएको कुरा सरकारी वकिल कार्यालयकै अधिकारीहरू स्वीकार गर्छन्। थुनछेक बहस गत साता सुरु भएको हो।

‘बहस धेरै लामो भयो’

खत्रीका अनुसार छजना आरोपितका तर्फबाट अझै ४४/४५ जना वकिलले बहस गर्न बाँकी छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको थुनछेक बहस भइरहेको छ।

सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीका अनुसार खाणको पक्षमा बहस गर्ने वकिलहरू धेरै भएकाले बहस लम्बिएको छ।

अब सुनुवाइ हुन बाँकी रहेका आरोपितहरू बालकृष्ण खाण, टेकनाथ रिजाल, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मियाँ र आङ्टावा शेर्पा रहेका छन्।

यति लामो थुनछेक बहस भएको आफूले अनुभव नगरेको बहसको टिपोट गर्न सरकारी वकिल कार्यालयबाट खटिएकी मरासिनीले बताइन्।

“मेरो अनुभवमा र सरकारी वकिल कार्यालय, काठमाण्डूकै अनुभवमा पनि यति लामो थुनछेक बहस भएको थिएन,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

अबको प्रक्रिया ?

प्रतिवादीहरूका तर्फबाट वकिलहरूले बहस सकेपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन्। सरकारी वकिलहरूले जवाफी बहसले चाहिँ प्रतिवादी पक्षको जस्तो धेरै समय नलिने अधिकारीहरूले बताएका छन्।

“जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने आदेश आउँछ,” न्यायाधिवक्ता खत्रीले भने।

कुन अपराधमा कति सजाय?

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डूले जेठ १० गते ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा रहेको छ।

दोषी ठहर हुनेलाई प्रत्येक अभियोगमा सात वर्ष जेल र ७०,००० रुपैयाँसम्म जरिबाना हुन सक्छ। राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल र ५०,००० रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

त्यसैगरी सङ्गठित अपराधको कसुरमा पनि पाँच वर्ष जेलसजाय र ५०,००० रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।

अहिलेसम्म के भयो?

१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ 

बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending