आज संसारका सारा मानिसले वुझेको कुरा के हो भने खासमा युद्ध रुस र युक्रेनका बिचमा भएको छ । तर सत्य कुरा के हो भने कम घनत्वको युद्ध खासमा रुसका विरुद्ध अमेरीकाले लडिरहेको छ । अमेरीका हतियार वेच्छ , हतियारको मारक क्षमता मापन गर्छ । आर्थिक नाकावन्दी गर्छ । रु
मधेश आन्दोलन, माओवादी शान्ति प्रकृयामा आइसकेपछि साम्रज्यवादले लडेको पहिलो कम घनत्वको युद्ध थियो । यो युद्धमा माओवादीको नारा माओवादी विरुद्धनै प्रयोग गरीयो र माओवादीलाई तराइमा साइजमा ल्याइयो । यस पछि मात्र संविधानसभाको निर्वाचन गरीयो । निर्वाचनको रिजल्ट आए
कलाकारहरु खाडी जान वाध्य वने । लेखक, कलाकार अन्तरविरोधको रापले पोलीएर किनारा लागे । फलत आगोको फिलिंगो जस्तो माओवादी चिसो खरानी जस्तो भो । हिजोको अग्रमोर्चा युद्ध र योजनामा रहेन ।
त्यसो त माओवादी युद्धमा छैन । तर माओवादी विरुद्धको युद्ध कुनै न कुनै रुपले साम्राज्यवाद लडिनै रहेको छ । माओवादी विरुद्धको यो युद्धमा ति ति विधी र पात्रहरु -तरीका र प्रयोगहरु चलिरहेका छन्–यसको निम्ती छान्नु किन्नु र प्रयोग गर्नुको तरीका अपनाइएको छ । यो युद्धको भाषामा कम घनत्वको युद्ध हो । जसमा दुश्मनको सवै भन्दा राम्रो शक्तिलाई छानिन्छ र कम जनशक्ति प्रयोग गरिन्छ । योजनामा आफु प्रत्यक्ष सहभागी हुने भन्दा विविध वहाना र प्रलोभनमा अरुलाई लडाइन्छ । यसको मुख्य उद्धेस्य भनेको मुख्य नेतृत्वलाई भौतिक वा नैतिक रुपमा सफाया गर्नु हो । जुन शक्ति विरुद्ध लडिन्छ त्यो शक्तिलाई कमजोर वनाउनु, गलाउनु र सकाउनु हो ।
आज संसारका सारा मानिसले वुझेको कुरा के हो भने खासमा युद्ध रुस र युक्रेनका बिचमा भएको छ । तर सत्य कुरा के हो भने कम घनत्वको युद्ध खासमा रुसका विरुद्ध अमेरीकाले लडिरहेको छ । अमेरीका हतियार वेच्छ , हतियारको मारक क्षमता मापन गर्छ । आर्थिक नाकावन्दी गर्छ । रुसका अन्तराष्ट्रिय वंैक खाताहरु रोक्का गर्छ र रुसलाई कमजोर बनाउँछ । सवैभन्दा ठुलो कुरो रुसीहरु कसरी लडछन् र तिनका हतियारले कसरी काम गर्छन् भन्ने अमेरीकाले थाहा पाएको छ । यत्ति हो रुसीहरुका विचमा विभाजन ल्याउने र पुटिनको नेतृत्व सखाप वनाउने उसको निति भने अहिले सम्म सफल भएको छैन ।
पछिल्लो पटक माओवादीको जनयुद्धका वेलामा पनि माओवादी र तात्कालिन सत्तापक्षवाट कम घनत्वका युद्ध अभ्यासहरु भएका थिए । सेना टेलिभिजनमा कार्यक्रम चलाउँथे । माओवादी पकड्न र वुझाउन जनतालाई आव्हान गर्दथ्यो । पत्रपत्रिका सेनाको सेन्सरसीपमा चल्दथे । गिरफ्तार गरीएका माओवादीका कार्यकर्तालाई सकेसम्म सुराकी वनाउन सेना लाग्दथ्यो । माओवादीको जे जति क्षति हुन्थ्यो त्यसमा माओवादी कार्यकर्ता रहेका सुराकीका कारण भएको क्षति उल्लेख्य थियो । माओवादी पनि कम घनत्वको युद्ध लड्दथ्यो । वार्ता गर्दथ्यो, युद्ध विराम गर्दथ्यो यसवाट प्रचार र अर्को भयानक हमलाको तयारी गर्दथ्यो । रेडियो पत्रपत्रिकाहरु चल्दथे र राजाका विरुद्ध एक हुन सवैमा आव्हान गरीन्थ्यो । गित गाउँथे ,नाच्थे, कविता लेखिन्थे, सुनाइन्थ्यो । तिनमा सरकार प्रतिको अविस्वास र आफ्नो नेतृत्व प्रतिको विस्वास हुन्थ्यो । २०६२ं÷०६३ को जनआन्दोलनमा जसरी राजा विरुद्ध आठ दल एकै ठाउँमा उभिए यो कम घनत्वको युद्धको उत्कर्ष थियो । विपक्षको मुख्य नेतृत्व यसले ढालिदिएको थियो । यो ठुलो पैमानको युद्ध परीणाम थियो । गणतन्त्र आउन यस्तो रणनीतिको मुख्य भुमिका रह्यो ।
माओवादीले शान्ति प्रकृया पछाडी कम घनत्वको युद्धलाई विर्सियो । मधेश आन्दोलन, माओवादी शान्ति प्रकृयामा आइसकेपछि साम्रज्यवादले लडेको पहिलो कम घनत्वको युद्ध थियो । यो युद्धमा माओवादीको नारा माओवादी विरुद्धनै प्रयोग गरीयो र माओवादीलाई तराइमा साइजमा ल्याइयो । यस पछि मात्र संविधानसभाको निर्वाचन गरीयो । निर्वाचनको रिजल्ट आएको केही दिनमै कोटेस्वरका व्यापारीको हत्या भएको भनि काठमाण्डौमा सुकिला मुकिलालाई सडकमा उतारीयो । शहरको जनमत त्यसपछि माओवादीले कहिल्यै उठाउन सकेन । माओवादीमा अन्तरविरोध हालीयो, पार्टी विभाजन भयो र एकअर्काका विरुद्ध लाल गद्धारको आरोप लगाइयो । यहाँनेर यो होइन कि यि सवै गर्नका लागी साम्राज्यवाद आफै लड्न आयो वरु यो हो कि सम्राज्यवादको योजना लड्यो र जित्यो । कहिले काठमाण्डौ कव्जाको हाउगुजी फिजाइयो । कहिले माओवादी विरुद्ध वोलेकै भरमा समाजमा केही गनितो मनितो नभएकाहरुलाई रातारात हिरो वनाइयो । कहिले काँजोल खातुनको नाममा वाँदरमुडे उचालियो तर दिलवहादुरहरु केही नभए झै वनाइयो ।
व्यारेकमा विभाजन हुलियो । पहिले कम घनत्वको युद्ध नितीको प्रशिक्षण दिने कमाण्डरहरु आफै साम्रज्यवादको योजनामा फसेर एकापसमा लडे । मंसिरको पहिलो हप्तामा चालिस हजारको संख्यामा व्यारेक छिरेका सेना राष्ट्रिय सेनामा जाँदा सत्रसय पनि पुगेनन् । मिडियामा र पुस्तकहरुमा माओवादीको विम्वलाई अपराधिक र षड्यन्त्रकारी जस्तो वनाइयो तर वजारमा निष्केका त्यस्ता पुस्तक र पत्रिकाका सवैभन्दा धेरै ग्रहक माओवादी नै बने । कहिले भैसी पुजा ,कहिले पाँचहजारको जिम्मा, कहिले वालसेनाका नाममा साम्रज्यवाद निरन्तर लडाइमा लागिरह्यो तर माओवादीले लड्न विर्सिए ।
माओवादीका प्रकाशनहरु एकएक गरी वन्द भए । कलाकारहरु खाडी जान वाध्य वने । लेखक, कलाकार अन्तरविरोधको रापले पोलीएर किनारा लागे । फलत आगोको फिलिंगो जस्तो माओवादी चिसो खरानी जस्तो भो । हिजोको अग्रमोर्चा युद्ध र योजनामा रहेन । सरकारमा लगातार गएका मन्त्रीहरु एकाधले वाहेक तलव पकाउने र सचिवको अह्राइ सिकाइ मान्ने वाहेक अरु भएन । माननियहरु चुचो काटिएको हुँचिल जस्ता र मन्त्रीहरु श्री ५ का भारदार जस्ता वने । धेरैले माओवादी भएकै कारण पद पाए तर पद पाएकै कारण माओवादी विर्सिए । वर्ग आन्दोलन र पक्षधरता विर्सिए, सारमा आँफु वाधिएको किलो विर्सिए ।
साम्रज्यवाद स्यालको सुत्र पच्छ्याउदै कन्याउन पर्नेलाई कन्याइरहेछ । थर्काउनु पर्नेलाई थर्काउदै र अठ्याउनु पर्नेलाई अठ्याइरहेछ । माओवादी नेताहरु ढोका थुनेर भतेरमा छन् । पार्टी डुव्दा पनि आफु कसरी उत्रिने भन्ने वाहेक अरु विज्ञान माओवादी नेताको चिन्तामा छैन । यस्तोमा ढोकामा उभिएको कार्यकर्ता कि भिकारी जस्तो लाग्छ कि आफ्नो अंश खान आएको सौतेलो कुटुम्व जस्तो । अनि कसरी योजना वन्छ ? कसरी तयार हुन्छ प्रतियोजना ? न संगठन, न अभियान । निधाउने वाटो हिडे पछि कहाँको वर्ग संघर्ष ? कहाँको आन्दोलन ? कार्यकर्तालाइ न आष, न त्रास । साम्रज्यवाद यहि चहन्थ्यो जो भइरहेको छ । भियतनामवाट कुलेलम ठोकेको साम्रज्यवाद हाम्रोमा कम घनत्वको युद्ध परीणाम क्रमश् आफ्नो पक्षमा पार्दैछ ।
आफुले भनेको सत्य तथ्य संसदको रेकर्डवाट हटाउँदा राजन दाहलहरु संसदमा सभामुखको रोष्टम फाल्दैनन् । सडकमा कथित अभियन्ता वनेर साम्राज्यवादको टिलोले पालिएको पुर्वराजाको नामधारी गणतन्त्र विरुद्ध कुर्लिदा कुनै माओवादी सांसद गएर उसको घाटी अठ्याउँदैन । हिजो पार्टीलाई गहना र प्राण वुझाएका महिला कमरेडहरु संसदमा माओवादीको तेजोवोध भइरहँदा रिसले थरथरी किन काँप्दैनन । तिनिहरु भित्र हुरी चल्दैन । शहिद बनौं–बनौं किन लाग्दैन । हिजोको मृत्यु अपेक्षा आज कारयरताको परकाष्ठताले सजाए पछि सवका सव हराएका छन । नाम भएका तर ज्यान नभएका कि टुलुटुलु छन, कि लुरुलुरु छन । हो, यहि साम्राज्यवादको विजय हो । एक ज्युँदो प्रचण्ड कता मात्र नाचुन् । सरकार ,दल, गठवन्धन र छिमेक । परीणाम आउने गरी काम गर्ने गरी मेलो समात्न नै पाएका छैनन । हिजोका डिभिजन कमाण्डरहरु खै ? हिजोको मर वा मार को कासन खोई ? माओवादी सकिनु युग सकिनु हो । विद्रोह सकिनु हो । गणतन्त्र उल्टीनु र परिवर्तन सकिनु हो । यसकारण एक पटक सवैलाई जगाउँ । जनसेना व्युँझाएर भनौ विचार र योजना नै हतियार हो । वाइसियललाई जस्तालाई तस्तै र तात्ततै भनौ । अखिललाई सडक वाघ वनाऔं । कलाकार व्यूझाउन र गित गाउन लगाऔं । कविमा कविताको उत्प्रेरणा भरौ । भनौ सेवा माओवादी अभिष्ठ हो । साम्रज्यवादले जित्नु हुँदैन । साम्रज्यवादले माया गर्नु भनेको सर्पको म्वाँइ सरह हो । अव पनि प्रतियोजना वनेन भने हिजो घरमा आमाको गाली खान नसकेर भात खान गित सुन्दै व्यारेक छिरेको एक प्युसोले इज्जत खान वेर लाग्दैन ।
प्रतिकृया लेख्नुहोस्: