बाजुरा। बाजुराका एक बालक धनगढीबाट एक हप्तादेखि बेपत्ता भएका छन्। बुढिनन्दा नगरपालिका–७ स्यालकाटियाका लोकराज जैशी (१६) गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएपछि अहिलेसम्म कुनै सम्केत नपाएर परिवार र स्थानीय चिन्तित बनेका छन्।
अध्ययनका लागि धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका–१ शिवनगरमा डेरा गर्दै आएका थिए। उनी पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए।
घर परिवारको अपिल : “एक क्षणको सूचना पनि जीवनभरको राहत”
बेपत्ताको दिनदेखि नै खोजीमा खटिएका आफन्त भेटिएको कुनै जानकारी नआएको बताउँछन्। वेपत्ताका आफन्त महेश जैशी भन्छन्— “दिनरात खोजिरहेका छौँ, तर छोराको केही पत्ता छैन। जो कोहीले देख्नु भएको छ भने खबर गरिदिनुहोला, हाम्रो जीवन उसकै प्रतिक्षामा रोकिएको छ।”
प्रहरीमा निवेदन, खोजतलास जारी
लोकराजको खोजतलासका लागि परिवारले जिल्ला प्रहरी कार्यालय कैलाली मा औपचारिक निवेदन दिएका छन्। प्रहरीका अनुसार खोजी प्रक्रिया सुरु गरिएको भए पनि अहिलेसम्म ठोस प्रमाण वा सुराकी फेला परेको छैन।
सहयोगका लागि परिवारको सार्वजनिक आह्वान
यदि कसैले लोकराजको अवस्थाबारे केही देख्नुभए, थाहा पाउनुभएको भए वा कुनै सुराकी भए तलका नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न परिवारले आग्रह गरेको छ—
📞 ९७६८४९२४००
📞 ९७६६९७०८२१२
📞 ९७६६५५८७६५
अहिलेसम्म पत्ता नलाग्दा परिवार स्तब्ध
बालक हराएको एक हप्ताभन्दा बढी भइसक्दा पनि भेट्टाउन नसकिएको भन्दै परिवारले “सम्पूर्ण नागरिक, विद्यार्थी, यातायात व्यवसायीदेखि सुरक्षा निकाय” सबैसँग खोजीमा सहयोग गर्न अपिल गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ १८ गते, २०८२ - ०८:४२
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...
माघ १८ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...



प्रतिकृया लेख्नुहोस्: