काठमाडौं । मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
सो आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको छ। दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पु(याएको थियो। २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पु(याएपछि गत वर्ष पानी बन्द गरिएको थियो।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको जानकारी दिए ।
आयोजनाको गेट नम्बर १ र ९ मा केही सुधारका काम भएका र ती गेटलाई बन्द गर्न सकिने तथा धमिलो पानी सफा गर्न सकिने प्रणाली पनि जडान गरिएकोले यो पटक पानी रोकीन नसकिने उनको भनाइ छ । उनका अनुसार बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिने र विगतमा आठ दस जनाले चेन तानेर ढोका बन्द गर्ने तथा खोल्नुपर्ने अवस्था पनि हटेर गएको छ ।
यसकारण पनि यसपालि खोलामा सामान्य पानी बढ्दैमा पानीको वितरण नै रोक्न पर्ने अवस्था आउन नसक्ने उनले बताए ।
खोलामा बहाव मात्र बढेको छ। ढुङ्गा र बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ। विगतमा भन्दा अहिले चनाखो भइएको आयोजनाले जनाएको छ । त्यत्रो मात्रामा बाढीपहिरो जान्छ भनेर दुई वर्षअधि कसैले अनुमान नै नगरेको पन्तले बाए ।
आयोजनाका इन्जिनियर पद्मबहादुर कुँवरले मुहान तथा हेडवक्र्समा विगतको तुलनामा यस वर्ष सुरक्षाका थप उपाय अपनाइएको हुनाले खोलामा सामान्य पानी बढेकै आधारमा पानीको वितरण नरोकिए पनि नियमित रूपमा खोलाको पानी बढ्नुका साथै मूल फुट्न थालेपछि आयोजनालाई बन्द गर्नुको विकल्प नहुने प्रष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८१ - १६:२४
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट दुई पांग्रे १८२ ...
फाल्गुन २९ गते, २०८१ - १५:५८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका...
फाल्गुन २९ गते, २०८१ - १५:५२
काठमाडौं । काटमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्त...
फाल्गुन २९ गते, २०८१ - १५:४७
काठमाडौं । झापामा एक युवकले प्रेमिकाकै अगाडि आत्मदाह प्रयास गरेका छन्। आज दिउँसो करिब १२ः१५ बजे कनकाइ नगरपालिका–४ इलुवाबारीमा सुनसरी इनरुवा–९ का १९ वर...
फाल्गुन २९ गते, २०८१ - १५:४५
काठमाडौं । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ ...
फाल्गुन २९ गते, २०८१ - १५:१२
दोलखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको पार्टीले निष्कर...
फाल्गुन २९ गते, २०८१ - १५:०९
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परे...
फाल्गुन २९ गते, २०८१ - १५:०७
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष...
फाल्गुन २९ गते, २०८१ - १५:०३
काठमाडौं । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तप...
फाल्गुन २९ गते, २०८१ - १४:५४
काठमाडौ। रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । दुई जना महिलासहित १२ जनालाई पक्...
प्रतिकृया लेख्नुहोस्: