Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राष्ट्रिय एकता, स्वाधिनता, अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रधानमन्त्री प्रचण्डकाे प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन् ।  भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गर्दै भने,– ‘‘नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधतासहितको देश हो । यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो ।’’

प्रधानमन्त्रीले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अङ्ग भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, – ‘‘मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्यसहित यस्ता पर्वहरु मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पुजा गर्ने संस्कार छ । प्रकृतिको पुजा एउटा समुदायमा मात्रको सिमित छैन । प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ ।’’

यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्नु पनि भएको उनको भनाइ थियो । प्रकृतिलाई विनाश हुन नदिन र जलवायुको संरक्षण गर्ने कुरासँग सिङ्गो प्रकृति र मानिसबीचको अन्तरसम्बन्धलाई कायम गर्ने उद्देश्यद्वारा प्रेरित रहेको उनको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले भने,– ‘‘मैले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकताका निम्ति आन्दोलन गर्दैगर्दा हिजोका राज्य संयन्त्रद्वारा सबै जातजाति, भाषाभाषी, वर्ग समुदाय अपमानित, उत्पीडन र विभेदमा पारिएका थिए । ती सबैलाई साथमा लिएर नै ठूलो आन्दोलनको सृष्टि भएको हो । ती सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्रका जनसमुदायको संघर्ष र बलिदानको कारणले नै अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं । नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy