Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश

खबरडबली संवाददाता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेका यहाँका स्थानीय बताउँछन् ।

बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता थपिएको बुढापाका बताउँछन् । सुनसान बस्तीकै कारण विगतमा जङ्गलतिरै रमाउने बाँदर अहिले घरदैलोमा आएर सताउने गरेका स्थानीयको दुःखेसो छ । गाउँ सुन्दर भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सके सहर पसेका युवा फेरी गाउँ फर्किने स्थानीयको आशा छ ।

यस गाउँमा विसं २०५० सालअघिसम्म झण्डै ५०/६० घरपरिवार बस्थे । स्वच्छ हावापानीसहित हिमाल, पहाड देखिने यस सुन्दर गाउँमा अहिले मुस्किलले १५/१६ घर छन् । “सुविधाका नाममा गाउँ छाडेर सहर पस्ने रोगले यस गाउँलाई पनि छोएको छ । अहिले गाउँ पूरै सुनसान छ”, स्थानीय ७६ वर्षीय गजबहादुर गुरुङले भने । “पचपन्न, छपन्न सालसम्म पनि गाउँमा २५/३० घर थिए र मानिसहरु पनि बस्थे”, उनले भने, “अहिले १५/१६ घर मात्र छन् । तिनमा पनि धेरैजसो वृद्धवृद्धा बस्छन्, युवा छैनन् ।”

लाँकुरीबोट तीन सय वर्ष पुरानो गुरुङ बस्ती रहेको बताउँदै यहाँका पुर्खा क्होलासोँथरबाट आएका उनले जानकारी दिए । उनका अनुसार क्होलासोँथरबाट खिलाङ, पर्वत भोक्सिङ देउराली, स्याङ्जा लामादी हुँदै पुर्खा यस ठाउँमा आएर बसोबास गरेको इतिहास छ ।

लाँकुरीबोट गाउँको सिरानमा रमाइलो थुम्को छ । स्थानीयले यसलाई थुम्कोडाँडा भन्दै आएका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस डाँडाबाट अन्नपूर्ण, धवलागिरिलगायत शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । हिमाली दृश्यका साथै बरसाम्मी, बर डाँडागाउँ, बरमाझथरलगायत पहाडी भूभाग पनि यहाँबाट देखिन्छ । थुम्कोडाँडालाई यहाँका स्थानीयले धार्मिकरुपमा पनि उत्तिकै महत्वपूर्ण मान्दछन् । यहाँ रहेको ज्वालादेवीको मन्दिरमा साक्षात् शक्ति रहेको विश्वास गरिन्छ ।

स्थानीयले ज्वालादेवीको संरक्षणलाई जोड दिँदै आए पनि अहिले लेफ्टिनेन्ट ओमप्रकाश गुरुङ (एमविइ)को सहयोगमा व्यवस्थित मन्दिर निर्माण गर्न थालिएको छ । कूल रू ११ लाख ५६ हजार दुई सय लागतमा मन्दिर निर्माण हुन लागेको हो ।

मन्दिर निर्माणको क्रममा केही दिनअघि सिन्धुलीका कमरलाल धामीले यहाँस्थित शिलामा चरचर आवाजसँगै बिजुली चम्किएको प्रत्यक्ष देखेको अनुभव सुनाए । “शिलामा आएको आवाजसँगै बिजुली चम्किएको देख्दा सुरुमा त डर लागेको थियो”, उनले भने ।

थुम्कोडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधारका काम भइरहेको तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङले जानकारी दिए । “हामी यस क्षेत्रको पर्यटकीय विकासका माध्यमबाट गाउँ छोड्नेलाई पनि फर्काउने अभियानमा लागेका छौँ”, उनले भने । स्थानीयको सक्रियतामा थुम्कोडाँडामा तमु हिलपार्क निर्माण थालिएको उनले बताए । हिलपार्कका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको गुरुङले जानकारी दिए ।

उनका अनुसार डिपिआरमा गुरुङ संस्कृति सङ्ग्रहालय, बुद्ध प्रतिमा निर्माण, गोर्खा राइफल स्मृति पार्कलगायतका विविध संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । “हाल शुक्लागण्डकी नगरपालिकाको सहयोगमा रू २० लाखको लागतमा क्वोँइबो निर्माण भइरहेको छ । थुम्कोडाँडामा जानका लागि प्रदेश सरकारको सहयोगमा रू १० लाखको लागतमा प्रवेशद्वार निर्माण भइरहेको छ”, गुरुङले भने ।

तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) यहीँ भएर जाने भएकाले यसलाई पदयात्रा पर्यटनसँग पनि जोड्ने लक्ष्य राखिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महसचिव हर्क गुरुङले बताए ।

“पदमार्गमा पर्ने ऐतिहासिक महत्वका गाउँलाई हामीले मिलेनियम ट्रेकको नक्सामा समावेश गरेका छौँ”, उनले भने, “निर्माणाधीन तमु हिल पार्कलगायत पूर्वाधारले यहाँ पर्यटको आकर्षण बढाउन सक्ने देखिए ।

पछिल्ला समयमा रमणीय बस्ती सुविधाको खोजीमा उजाडिँदै जानु चुनौतीका रुपमा देखिएको सह प्रा डा रामजीप्रसाद पोखरेलले बताए । गाउँ छोडेर गएकालाई फर्काउनुका साथै अन्य स्थानका मानिसलाई बस्तीमा आउने गरी आकर्षित गर्ने वातावरण तयार गर्नु आवश्यक रहेको उनको भनाइ थियो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: