Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो - कुलमान घिसिङ

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको कुरा खुलाएका छन् । घिसिङले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताएका छन्।

'उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो, र हामी पिक समयमा पनि ४०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्न सक्छौं'। उनले पत्रकार सम्मेलनमा भनेका छन्।घिसिङले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको बताएका छन्।

समस्या आएको बेला पावर प्लान्ट आफैं अफ हुन्छ त्यसैले यहाँ गडबड गरेर निर्यात गर्न पनि मिल्दैन, उनले भने। अहिले नेपालको विद्युत उत्पादन क्षमता २००० मेगावाट पुगेको छ, भने नेपाल विद्युत प्राधिकरणको कुल उत्पादन क्षमता २७०० मेगावाट रहेको छ। सधै क्षमताअनुसार सबै बिजुली उत्पादन  नहुने पनि उनी बताउँछन्। 

'कुनैकुनै दिन आयोजनाको विद्युत उत्पादनमा अवरोध आउन सक्छ, त्यसो हुँदा पनि २५०० देखि २६०० मेगावाट उत्पादन हुने गर्दछ। हामीले २००० मेगावाट खपत गर्दा पनि ५०० मेगावाट बढी हुन्छ,' उनले बताएका छन् । पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने समेत उनले बताएका छन् । 

'प्राधिकरणले विद्युत उत्पादकहरूसँग 'टेक अर पे'मा विद्युत खरिद सम्झौता गरेको हुन्छ, यसरी विद्युत नकिनेमा तिनलाई क्षतिपूर्ति दिनुपर्छ भने यसरी किनेको विद्युत खेर गएमा घाटा हुने भएकोले निर्यात गरिएको' उनले पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन्। 'यहाँ बत्ती जानु प्रणालीमा समस्या आएको कारण हो। यहाँको प्रणाली बिग्रिदा बाहिर पनि निर्यात गर्न मिल्दैन' उनले थपे।

अहिले निर्यात गर्ने बिन्दु ढल्केबर मात्रै रहेको कालिगण्डकीको विद्युत निर्यात गर्दा पनि ढल्केबर नै पुग्नुपर्छ तर, तामाकोशीकै विद्युत पहिले पुग्छ। प्रणाली गयो भने हामीले चाहेर पनि ढल्केबर पुर्‍याउन सक्दैनौं।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE