Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विपद् व्यवस्थापनका लागि निकासा भएको १ अर्ब खै ?

खबरडबली संवाददाता

काठमाडौं । विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा वर्षेनी अरबौंरुपियाँ निकासा भएपनि विपद्बाट अपुरणीय क्षति हुने क्रम घट्नुको साटो बढ्ने गरेको छ।

सोमबार मात्रै पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा बाढी पहिरोमा परी ५ जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढीबेपत्ता छन् । मनसुनको प्रवेशसँगै देशभरका विभिन्न जिल्लामा बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति हुने क्रम जारी छ। तर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले समन्वात्मक रूपमा विपद् व्यवस्थापनका लागि प्रभावकारी काम गर्न सकेका छैनन् ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् व्यवस्थापन कोषमा गत वर्ष मात्रै १ अर्ब रुपियाँभन्दा बढी निकासा भएपनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताइएको छ । गृह मन्त्रालयका अनुसार गत वर्ष जिल्लास्थित विपद् व्यवस्थापन कोषमा ११ करोड ७७ लाख रुपियाँ पठाइएको थियो ।

यसैगरी बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिपूर्ति बापत ३२ वटा जिल्ला प्रशासन कार्यालयमा १ अर्ब रुपियाँ निकासा भएको थियो । यस्तै, राहतमा हेलिकप्टर प्रयोग गरेवापत नेपाली सेनालाई १६ करोड ४४ लाख, निजी क्षेत्रका हेलिकप्टरलाई २४ लाख निकासा भएको थियो ।

हाल गृह मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १ अर्ब २ करोड ६२ लाख मौज्दात रहेको गृह मन्त्रालयले जनाएको छ । यसरी कोषबाट वर्षेनी विपद् व्यवस्थापनका नाममा अरबौं रुपियाँ निकासा भएपनि विपद्को प्रभावकारी व्यवस्थापन तथा विपद््बाट हुनसक्ने क्षतिको न्यूनीकरण हुन नसकेको गृहकै अधिकारीहरूको भनाइ छ ।

विपत व्यवस्थापनका नामा विभिन्न गैरसरकारी संघसंस्थाले पनि वर्षेनी अरबौं रुपियाँ खर्चने गरेपनि ती निकायले गर्ने खर्चका बारेमा गृह मन्त्रालय र मातहतको निकायले अनुगमन गर्न सकेको छैन । यो समाचार नेपााल समाचापत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: