Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ताप्लेजुङमा बाढीपहिरोको वितण्डापछि बजारसँग यातायात सम्पर्क विच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव

खबरडबली संवाददाता

ताप्लेजुङ । बाढीपहिराले सडक यातायात अवरुद्ध हुँदा मैवाखोला गाउँपालिकामा खाद्यान्नलगायतका उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ ।

नजिकको बजार दोभानसँग नै यातायात सम्पर्क विच्छेद भएपछि दैनिक उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । “मदन भण्डारी राजमार्गअन्र्तगतको माङ्माया खोलाको पुल बाढीले बगाउँदा, दोभान र फुङलिङ बजारसँग यातायात सम्पर्क टुटेको छ, वसन्तपुर गुफा सडकखण्ड पहिराले अवरुद्ध छ, गाउँघरमा खाद्यान्न लगायतका वस्तुको अभाव देखिन सुरु भयो, आकस्मिकरूपमा कोही बिरामी परेर कतै लैजानुपरेमा कुनै उपाय छैन”, अध्यक्ष वनेमले भने । उनका अनुसार गाउँका आधा दर्जनभन्दा बढी पुल क्षतिग्रस्त छन् ।

मदन मण्डारी राजमार्गअन्र्तगत मैवाखोला २ र ३ जोड्ने मोटरेबल पुल पूर्णरूपमा बाढीले बगाएको छ । सोही गाउँपालिकाकै वडा नं ३ र ५ जोड्ने अर्को मोटरेबल कल्भर्ट बाढीले पूर्णरूपमा बगाएको छ । विभिन्न गाउँलाई जोड्ने चार  झोलुङ्गे पुल र एउटा काठे पुल बाढीले क्षतिग्रस्त बनाएको छ । अहिले गाउँपालिकाको केन्द्रदेखि विभिन्न वडामा सवारी साधन ओहोरदोहोर ठप्प बनेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा एक गाउँदेखि अर्को गाउँमा ओहोरदोहोरमा कठिनाइ छ ।

शनिबार रातिको बाढीले ती पुल क्षतिग्रस्त बनेका हुन् । “भएका पुल पुलेसा बाढीले बगाएपछि वरिपारि गर्न कठिन छ, दर्जनौँ परिवार विस्थापित छन्, उनीहरूसम्म तत्काल पुग्न सकिएको छैन, बल्ल तल्ल ओदकमा पहिरो पार गरेर पुगियो, यहाँका २१ परिवार विद्यालय र गुम्बामा बसेका छन्”, अध्यक्ष वनेमले भने । उनका अनुसार ओदक टोलका १० घर उच्च जोखिममा छन् भने ओदकसहितका विभिन्न क्षेत्रका २६ घर जोखिममा छन् । चारैतिरको बाटोघाटो  र पुल पहिराले क्षतिग्रस्त हुँदा ओदक कुनै टापु जस्तै बनेको छ । यहाँका मानिस अन्यत्र जान सकिरहेका छैनन् ।

सडक सञ्चालनमा समय लागे गाउँपालिकाभित्र धेरै समस्या आइलाग्ने देखिएको अध्यक्ष वनेमले बताए । अवरुद्ध वसन्तपुर, गुफा सडकखण्ड खोल्न गाउँपालिकाले सुरु गरेको छ । तर यसमा समय लाग्ने वनेमले बताए । “वसन्तपुरतर्फको सडक खुल्न झण्डै हप्ता दिनसम्म लाग्ला, माङ्मायालगायत खोलामा पुल वा बेलिब्रिज नबन्दासम्म नजिकको बजार दोभान पुग्न कुनै विकल्प छैन, बेलिब्रिज राख्ने र सडक खुलाउने विषयमा विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने । आधा दर्जन झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त बनेपछि गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या छ ।

बाढीले मैवाखोला–४ को भालढुङ्गा, माङ्माया खोलाको, मेरिङदेन गाउँपालिका जोड्ने खार्ते खोलाको, माङ्माया खोला सत्तल छेउको झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । ती पुलबाट वारिपारि गर्ने उपाय छैन । नेरुवा खोलाको काठे पुल बाढीले बगाएको छ । उक्त पुल निर्माण नहुँदासम्म गाउँघरमा आवतजावत ठप्प जस्तै हुने अध्यक्ष वनेमको भनाइ छ । सानातिना खोला खोल्सामा काठेपुल निर्माण गरे पनि ठूला खोला खोल्सामा झोलुङ्गे पुलको विकल्प छैन । मानवीय क्षति नभएको यस गाउँपालिकामा करोडौँ मूल्य बराबरका संरचना क्षतिग्रस्त बनेका छन् ।

बाढीपहिराले यहाँका पाँच वटा सानातिन जलविद्युत् आयोजना ध्वस्त भएका छन् । केन्द्रीय प्रसारण लाइनका पोलसमेत ढलेकाले गाउँपालिका नै अन्धकारमय बनेको छ । बिजुली नहुँदा सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् भने सञ्चारविहीन बनेका छन् । “मोबाइल चार्ज गर्ने ठाउँ छैन, भए पनि टेलिफोनका टावर दिनमा दुई घण्टा चलेर बन्द हुन्छन्, बिजुली नहुँदा पालिका तथा वडा कार्यालयबाट प्रदान गर्ने कतिपय सेवा अवरुद्ध छन्”, अध्यक्ष वनेमले भने ।

मैवाखोला–३ मा पर्ने थेरथेरेमा केन्द्रीय प्रसारण लाइनको पोल पहिरोका कारण ढलेर केन्द्रीय प्रसारण लाइन अवरुद्ध बनेको हो । यस्तै छ वटा खानेपानी आयोजनामा क्षति पुग्दा मजुवा, ताम्राङ, साँघु बजार, तेम्बेलगायत दर्जनौँ बस्तीका मानिस खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् । विभिन्न पाँच वटा सिँचाइ आयोजनाका मुहान, कुलोलगायतमा क्षति पुगेको छ । जसले खेतीपातीमा समस्या उत्पन्न हुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्सातकै बेला समस्या नभए पनि एक दुई दिन घाम लागे धान खेतीमा सिँचाइ अभाव हुने किसानलाई चिन्ता छ ।

शनिबार राति मुसलधारे वर्षासँगै आएको बाढीपहिराले गाई भैँसीसहित दर्जनाँै पशुचौपाया बगाएको गाउँपालिकाले जनाएको छ । बाढीपहिराले सर्वसाधारण विस्थापित हुँदा र भएका दर्जनौँ संरचना क्षतिग्रस्त हुँदा पुनःस्थापना गर्न निक्कै कठिन हुने देखिएकाले समस्या समाधानमा प्रदेश र सङ्घीय सरकारले बजेटसहितका आवश्यक सहयोग गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ । जिल्लामा बाढीपहिरोमा परी तीनको निधन भएको छ भने पहिराले घर बगाउँदा बेपत्ता बनेका मेहेलेका एकै परिवारका तीन जना अझै फेला परेका छैनन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending