Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

उखरमाउलो गर्मीमा छिन-छिनमा बिजुली जाँदा सास्ती

खबरडबली संवाददाता

बाँके । भगवती रिजाल खुद्रा व्यावसायी हुन् । उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छिन् । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ ।  रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा हुन्छिन् । 

चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउछिन् । 

“चार वर्षमा रेफ्रिजिरेटर यसअघि कहिल्यै बन्द भएन”, उनले भनिन्, “कम भोल्टेजका कारण फ्रिज नचेलेको हुनाले यो गर्मीमा चिसो बनाउन राखिएको पेयपदार्थ नै चिसो नभएर बेच्न पाएकी छैन । ग्राहक आउँछन् सोध्छन् । चिसो छैन भन्नुपर्ने हुन्छ ।” 

भगवतीजस्तै सोही वडामा किराना पसल चलाउँदै आएका रामचन्द्र गिरीको व्यथा छ । बिजुली आउने जाने हुँदा फ्रिज चल्न पाएको छैन । “गर्मीमा धेरै बिक्री हुने भनेकै दही हो । तर बिजुली झ्याप्प आउने र जाने गर्दा दही पग्लिएर दूधजस्तै हुन्छ”, उनले भने, “दूधजस्तै दही ग्राहकले किन्न मान्दैनन् ।” 

गिरीले किराना पसलमा हरियो सागसब्जी पनि बेच्ने गर्छन् । तर चर्को घामका कारण हरियो तरकारी सुकेर खेर जाँदा तरकारीबाट नाफा कमाउन नसकेको उनले बताए। 

“बिहानै हाटबजार गएर ल्याएको हरियो तरकारी  चर्को घामले सुकाइदिन्छ । साग सुकेर फाल्नुपरेको छ”, गिरीले भने । गर्मीको सयममा विद्युत् प्राधिकरणले बेलाबेला बत्ती काटिरहने तथा कम भोल्टेजका कारण व्यापार गर्न कठिन हुँदै गएको उनले बताए । 

कम भोल्टेजका कारण बेकरी व्यवसायीको अवस्था झनै दयनीय छ । बेकरी सञ्चालक रामकिशोर बर्मा अत्यधिक गर्मीका कारण व्यापार चौपट भएको बताउछन् । नेपाल विद्युत् प्राधिकरणले अनियमितरूपमा विद्युत् प्रवाह गरेपछि उनको व्यवसाय धरापमा परेको हो । “बेकरीमा केकका प्रकार धेरै हुन्छन्, चौबीसै घन्टा फ्रिजको आवश्यकता पर्दछ”, बर्माले भने, “एक महिनायता एउटा फ्रिज नै बिग्रिएको छ । अर्को फ्रिजले पनि राम्रोसित काम गर्न सकिरहेको छैन ।”

विद्युत् सेवा प्रवाह भरपर्दो नभएको भन्दै विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले विद्युत् कार्यालय घेराउ गर्दै आएका छन् । प्राधिकरणको नेपालगन्जस्थित वितरण केन्द्रलाई चार बुँदे ज्ञापनपत्र बुझाइएको स्थानीय नमस्कार शाहले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय समितिमा बालेन शाहको चर्चा, रवि लामिछानेमाथि प्रश्न

काठमाडौं। सांसदहरूले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे कामकाे प्रशंसा गरेका छन्।  स्थानीय सकारकाे कामकाे प्रशंसा गर्दै संघ सरकारले किन ...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय...

भन्सार बिभागमा आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी...

गृहमन्त्री लामिछाने र मलेसियाका गृहमन्त्रीबिच ‘जीबी राई’ बारे फोनवार्ता

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ ।  मलेसियाका गृहमन्त्री इस्म...

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ  आज ३१६ कम्पनि...

हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको

काठमाडौँ । आजै काठमाडौँ आइपुगेकी जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।  विदेशमन्त्री योकोले विश्व सम्प...

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

बाँके । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।  चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात ...

बागमतीमा एकै दिन तीन वटा शव फेला

हेटौंडा । बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल...

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies