Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे, भन्सार कडाइप्रति उद्योगी व्यवसायीको समर्थन

खबरडबली संवाददाता

बेलहिया । भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।  प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरयासी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो ।

भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, “हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधरणले स्वत:स्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।” भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्याङ्क छ । 

भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन् । विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए । भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

भन्सार कडाइप्रति उद्योगी व्यवसायीको समर्थन 
भन्सार कार्यालयले प्रज्ञापनपत्र नभरी कुनैपनि समान नेपाल ल्याउन नदिने गरी कडाइ गरेपछि उद्योगी व्यवसायीका नेताले समर्थन जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्सारमा कडाइ गरेपछि प्रारम्भिक रुपमा सीमावारीको व्यापारमा सकारात्मक प्रभाव परेको बताए ।

“भन्सारमा कडाइ गरेसँगै यसको सकारात्मक प्रभाव परेको छ भने साना व्यवसायीलाई धेरै राहत भएको छ । दीर्घकालीन असर केही समयमा देखिन्छ”, उनले भने । उनले चोरी तस्करीको सामान किन्ने व्यवसायीलाई प्रहरीले सहजै पक्राउ गर्न सक्ने बताए । “कसैले पनि तस्करीको समान न किनौँ, कुनै व्यवसायीले बिल विजक बिनाको समान किनेमा प्रहरी प्रशासनले कारबाही गर्छ”, शर्माले भने । 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य राजेश अग्रवालले भन्सारमा गरिएको कडाइ सकारात्मक रहेको भन्दै चोरी तस्करी नियन्त्रणमा सबैको सहयोग जरुरी रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कूलप्रसाद न्यौपानेले तस्करीको समान भैरहवा बुटवल मात्रै नभएर पाल्पा, गुल्मी, चितवन, काठमाडौँसम्म पुग्ने गरेकामा अब त्यो काम रोकिने बताए ।

उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले भैरहवा भन्सारले गरेको कडाइले चोरी तस्करी मात्रै नभएर लागुऔषध र अन्य सामाजिक विकृतिमा पनि न्यूनीकरण गरिरहेको बताए । वरिष्ठ पत्रकार माधव ढुङ्गानाले नेपालको भन्सार ऐन अनुसार संक्षिप्त प्रज्ञापनपत्र कार्यन्वयनमा गरिएको कडाइप्रति भारतीय पक्षले टाउको दुखाउनुको अर्थ नहुने बताए ।

लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले भन्सारमा कडाइ गर्ने कार्य राम्रो भएको बताउँदै मूल भन्सार भन्दा दायाँबायाँको नाकाबाट भइरहेको चोरी तस्करी नियन्त्रणमा सबैको सहकार्य जरुरी रहेको बताए । “सीमापारीबाट अवैध रुपमा साइकल, मोटरसाइकल, चिनी, दाल, किराना सामान, कपडालगायत अन्य सामग्री खरिद गर्ने काम व्यवसायीले बन्द गर्नुपर्छ”, उनले भने ।

लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले सिद्धार्थ उद्योग वाणिज्य सङ्घले सस्तो बजार लगाएर आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत दिनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी व्यवसायीले बिलबिजक बिनाको समान खरिद नगर्न आग्रह गरे । “कसैले पनि बिलबिजक बिनाको समान किन्नु अवैध हो”, उनले भने, “अवैध कार्यमा संलग्न जुनसुकै व्यपारीलाई प्रहरी प्रशासनले कारबाही गरेमा हामीले उनीहरुको बचाउमा एक शब्द पनि खर्चिन्नौँ ।” 

अध्यक्ष श्रेष्ठले भन्सार प्रशासनले संक्षिप्त प्रज्ञापनपत्रको कडाइ गरेकोप्रति स्वागत गर्दै यस कार्यले नेपाली व्यवसायीलाई राहत मिलेको बताए । “यताका किराना पसल, कपडा पसल, हार्डवेयर पसललाई केही राहत मिलेको छ, भन्सार राजस्व बढेको छ । राज्य र नागरिकलाई फाइदा भएको छ । हामी भन्सार र प्रहरी प्रशासनको उक्त कार्यको प्रशंसा गर्दछौँ”, उनले भने ।

अध्यक्ष श्रेष्ठले सीमावर्ति भारतीय व्यपारीले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य सङ्घले रोकेको भन्ने गलत प्रचार गरेकोप्रति ध्यानकर्षण भएको बताए । उनले भने, “हामीले बोडरमा गएर रोेकेका छैनौँ, यति अनुरोध छ कि सीमापारीबाट अवैध समान आउनु हुँदैन । सामान ल्याउँदा भन्सार तिरेर मात्रै ल्याउनु पर्छ ।”

भैरहवामा जेठ १६ गतेदेखि सीमावर्ति भारतीय बजारबाट रू एक सय मूल्यभन्दा बढीको समान ल्याउँदा अनिवार्य संक्षिप्त प्रज्ञापनपत्र भरेर ल्याउने व्यवस्थामा कडाइ गरेपछि यसको असर सीमापारीको सुनौली नौतनवा बजारमा परेको छ । भारतीय व्यपारीहरुले नेपालमा भन्सार नगरी समान लैजान दिनुपर्ने भन्दै दुई दिन पहिले महापञ्चायत गरेका थिए ।  भन्सार नतिरी तस्करहरुले सीमापारीबाट अवैध रुपमा सामान ल्याइए बिक्री गरेको पाइएमा अवैध समान खरिद, बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending