स्याङ्जा । स्याङ्जामा सामाजिक सञ्जाल टिकटकका माध्यमबाट साथी बनाइ घरमा आएर सुन चोरी भएको छ । टिकटकमा साथी बनाउने र उनीहरुको बनाएको टिकटकहरुमा लाईक तथा कमेन्ट गरी आफ्नोपन दिलाउँदै साथीको घरसम्मै आएर चोरी भएको हो।
जिल्लाको मोदी गाउँपालिका ३ पर्वतका २४ वर्षीया कुसुम वि.सी. अहिले प्रहरी नियन्त्रणमा रहेकी छन् । उनले असार १ गते वालिङ् नगरपालिका ६ निवासी एक महिलाको दराजमा राखिएको गहना चोरी गरेको प्रहरीको आरोप रहेको छ।
उनीहरुबीच चिनजान गराउने माध्यम टिकटक हो । टिकटकका माध्यमबाट वालिङ्मा आइ टिकटक बनाइ खानपान गर्दै सँगै बसेपछि सो घरमा राखिएका गहना र तालाचाबीसमेत पत्ता लगाइ घरमा कोही नभएको समय पारी चोरी गरिएको र पोखरामा लगेर बिक्री गरेका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
बिसीले एक तोलाको करुवा लकेटसहितको सुनको सिक्री र आधा तोलाको बेरुवा औंठी चोरी गरी पोखरा स्थित एक सुनचाँदी पसलमा लगेर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आरोपित वि.सी. लाईस्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले लाइक, कमेन्ट, फलो गरिरहेको छ भने पनि सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । यस्ता अपरिचित व्यक्तिका टिकटकमा साथी बनाउने र घरसम्म आउनेसंगै मिलेर टिकटक बनाउने जस्ता क्षणिकभरका रमाइलोपनले ठूला घटना र हैरानीसम्म भोग्नु पर्ने हुँदा तसर्थ, अपरिचित व्यक्तिसँग सम्बन्ध बढाउनुपूर्व धेरैपटक सोचेर मात्र साथी बनाउन प्रहरीको सुझाव रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...




प्रतिकृया लेख्नुहोस्: