काठमाडौँ । संविधानसभा सदस्य राधेश्याम अधिकारीले प्रत्यायोजित र तजबिज अधिकार हस्तान्तरण गर्ने पाटोमा गम्भीर हुन सुझाव दिएका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विज्ञका रुपमा धारणा प्रस्तुत गर्दै उनले प्रत्यायोजित अधिकार र तजबिजी अधिकारलाई भरसक दिन हुन्न भन्ने मामिलामा समयमै सजग र सचेत रहन समिति सदस्यलाई सुझाव दिए ।
उनले भने, “प्रत्यायोजित अधिकार सहजैरुपमा संसद्ले अरूलाई दिनु हुन्न । तोकिएबमाजिम हुने भनियो त्यसको गलत अभ्यासलाई पनि स्वीकार्नुपर्ने अवस्था हुनसक्छ । प्रत्यायोजित अधिकारको भाग सकेसम्म कम गर्नुपर्छ । तजबिजी अधिकारलाई घटाउनुपर्छ ।” अहिलेसम्म कानुनी अभ्यासको प्रणालीबारे समितिलाई जानकारी गराउँदै विज्ञ अधिकारीले भने, “पाउनुपर्नेले अरूको निगाहमा भरपर्ने, दिनेको सधैँभर तजबिज हुने व्यवस्था लोकतन्त्र अनुकूल हुन सक्दैन । त्यसैले कानुन निर्माणमा यस्ता विषयमा समयमै सजग हुनुपर्छ, हालसम्म तजबिजी अधिकारको अधिकतम दुरुपयोग भइरहेको छ ।”
तजबिजी अधिकार सुशासनको विरुद्धमा जाने र भ्रष्टाचार बढाउने भएकाले यसबाट समाजमा पुग्ने असरबारे समयमै ख्याल गर्दै हाकिमका टेबलमा फाइल रोकिने अवस्था अन्त्य गर्ने गरी ऐन र कानुन तर्जुमा गर्न उनले सुझाव दिए । मुलुकका कुनै पनि सरकारी कार्यालयमा गएको व्यक्तिले सजिलै काम सम्पन्न गरेर आएँ भन्छ कि धेरै हण्डर खानु पर्यो भन्छन् भनी प्रश्न गर्दै वरिष्ठ अधिवक्ता अधिकारीले हरेक नागरिक र उपभोक्ताले राजस्व र कर तिर्न जाँदा पनि पैसा खुवाउनुपर्ने अवस्थाले सुशासन कस्तो कस्तो अवस्थामा छ भन्ने स्पष्ट सङ्केत गरेको बताए ।
हरेक दलका नेता वा सांसद मन्त्रीमा जिम्मेवारी सम्हालेसँगै सोचमा आउने परिवर्तन नै हानिकारक रहेको उल्लेख गर्दै उनले कर्मचारीतन्त्रले पनि शक्ति आफूमा केन्द्रकृीत गर्ने प्रवृत्ति घातक रहेको विचार प्रकट गरे । विधेयक निर्माणका क्रममा संविधानलाई शिरोपर गरिएन भने सुशासनमात्र होइन व्यवस्था नै चल्न नसक्ने दाबी गर्दै संविधानविद् अधिकारीले संविधानको मर्म र भावनालाई आत्मसात् नगर्ने हो त्यसबाट सिर्जना हुने अवस्था र परिणामप्रति सिङ्गो समाज गम्भीर हुनुपर्ने तर्क प्रस्तुत गरे ।
प्रत्यायोजित विधायनको सैद्धान्तिक र व्यावहारिक पक्षबारे कार्यपत्र प्रस्तुत गर्दै उनले ऐनद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत सरकारले बनाउनुपर्ने नियम, विनियम, कार्यविधि, निर्देशिका, आदेश बनाएको छ कि छैन भनी संसदीय समितिलाई ध्यान पुर्याउन सुझाव दिए । वरिष्ठ अधिवक्ता अधिकारीले भने, “सङ्घीय कानुन बनाएर लागू गर्ने भनी तोकिएको मध्ये बन्नुपर्ने कानुन नबन्नाले सङ्घीयता र समानुपातिक समावेशीजस्ता प्राथमिकताका साथ प्रभावकारी कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण मुद्दा ओझेलमा परेका हुन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...
चैत्र १ गते, २०८२ - १५:१६
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रे...
चैत्र १ गते, २०८२ - १५:०६
हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खान...
चैत्र १ गते, २०८२ - १४:५६
काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु...
चैत्र १ गते, २०८२ - १४:४२
सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...
चैत्र १ गते, २०८२ - १४:३१
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...


प्रतिकृया लेख्नुहोस्: