Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्रीका निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा

खबरडबली संवाददाता

काठमाडौं । राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले प्रभावकारी रूपमा काम गर्न सकी नरहेको अवस्थामा नेतृत्व परविरर्तन गर।ीएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको हो ।

राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा राजस्व छली जस्तो संवेदनशील विषयमा मुद्दा दायर हुने क्रम अवरुद्धजस्तै बनेको छ । अस्थिरता र राजनीतिक हस्तक्षेपको शिकार बन्दै आइरहेको विभागले पछिल्ला दिनमा राजस्व छली गर्नेहरूविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तदारुकता दिन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलवार राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा तानेर उनको ठाउँमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा रहेका सहसचिव नवराज ढुंगानालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । सापकोटा पाँच महिनाअघि मात्रै विभागको महानिर्देशकको रूपमा गएका थिए । विभागमा ढेड वर्षको अवधिमा ७ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । जसका कारण विभागले राजस्व छली सम्बन्धमा महत्वपूर्ण अनुसन्धान गरी मुद्दा दायर गर्ने काम पूर्ण रूपमा प्रभावित हँुदै आएको छ ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका ढुंगाना यसअघि भन्सार विभागमा रहँदा विवादित बनेका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नै निजी सचिवलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाउनुलाई शंकास्पद रूपमा हेरिएको छ । ढुंगानाले प्रधानमन्त्री प्रचण्ड सँगै रहेर ६ महिना बढी काम गरिसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागमा ढेड वर्षमा ७ जना महानिर्देशक फेरबदल भएका छन् । शुरूमा दीर्घराज मैनाली रहदा विभागमा राजश्व छली सम्बन्धमा मुद्दा दर्ता गर्ने क्रम अत्यधिक थियो । मैनालीपछि रामप्रसाद आचार्य महानिर्देशक भएर आएका थिए । आचार्य पनि छोटो समय मात्रै महानिर्देशकको रूपमा आए । आचार्य पछि महानिर्देशकको रूपमा प्रकाश पौडेल आएका थिए ।

पौडेल पनि ७–८ महिना मात्रै महानिर्देशकको रूपमा रहे । आचार्य र पौडेलले मुद्दा दायर गर्ने क्रमलाई केहि निरन्तरता दिए पनि त्यस पछि भने राजस्व छलीविरुद्ध मुद्दा दायर गर्ने क्रम ह्वात्तै घटेको छ । पौडेल पछि आएका झलकराम अधिकारी पनि लामो समय टिक्न सकेनन् । अधिकारी ४ महिना मात्रै विभागको महानिर्देशकको रूपमा रहे । उनलाई हटाएर ल्याइएका मदन दाहाल पनि ३ महिनादेखि टिक्न सकेनन् ।

राजनीतिक हस्तक्षेपको शिकार हुँदै आइरहेको राजस्व अनुसन्धान विभागमा दाहाल पछि नारायण सापकोटालाई महानिर्देशक बनाएर ल्याइएको थियो । सापकोटा पनि मुस्किलले पाँच महिना मात्रै महानिर्देशकको रूपमा रहे । अहिले उनलाई पाँच महिना नै हटाएर ढुंगानालाई महानिर्देशक बनाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक उपसचिवका अनुसार राजस्व अनुसन्धान विभागलाई यसरी अस्थिर बनाउदा राजस्व छली गर्नेहरूको मनोबल उच्च हुने क्रम बढेको छ । राजस्व छली गर्नेलाई कारबाही गर्ने निकायमा नेतृत्व छिटो छिटो परिवर्तन हुँदा विभागले राम्ररी काम गर्न सक्दैन । जसले गर्दा राजस्व छली गर्नेलाई सहज हुने गरेको प्रधानमन्त्री कार्यालयका ती उपसचिवको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending