पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ ।
साइकल सिटी पोखराले पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ५१ किलोमिटर लामो साइकल यात्राको उद्देश्य पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै हरित जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको थियो ।
पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा आयोजित कार्यक्रममा चार वर्षदेखि ८६ वर्षसम्मका साइकलयात्री सहभागी थिए । नेपालका ३२ जिल्लासँगै भारत तथा अन्य मुलुकका साइकलयात्रीहरूको समेत सहभागिता रहेको थियो । करिब एक हजार जनाले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख घनराज आचार्यले गरेका थिए । उनले साइकलप्रेमीहरूको सहभागिताले पोखराको पर्यटन गतिविधिमा सकारात्मक ऊर्जा थपिएको बताए । महानगरपालिकाले नगर क्षेत्रमा रहेका नौवटै ताल जोड्ने साइकल ट्रयाक निर्माण सुरु गरिसकेको र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने जानकारीसमेत दिए ।
विश्व साइकलयात्री पुष्कर शाहले स्वच्छ जीवन र वातावरण संरक्षणका लागि साइकल यात्रा उपयुक्त माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले युवालाई साइकलतर्फ आकर्षित गर्ने बताए ।
पोखरा सभागृहबाट सुरु भएको साइकल यात्रा विभिन्न मुख्य स्थान हुँदै ५१ किलोमिटर दूरी पूरा गर्दै कान्तिपुर गार्डेनवाटिकामा पुगेर समापन भएको आयोजक समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: