पाँचथर । धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको यो खेत खण्डहर बनेको छ। खेतको कुनै निसोपत्तो छैन। बगरले आफ्नो आकार बढाएर खेत खर्लप्प निलेको छ।
खेतको नाममा बगरभन्दा अलि माथि दुई/चार फोक्टा मात्र बाँकी छन्। फोक्टाको आलीमा तीन जना किसान झोक्राएर बसेका थिए। उनीहरू गडगडाइरहेको हेंवा खोलालाई धारे हात लगाएर गाली गरिरहेका थिए। ‘अलच्छिनी बाढीले गर्नुग¥यो,’ उनीहरूको आक्रोश दैवप्रति थियो ‘किसानको मर्म दैवले बुझेन।’
बगरको बीचमा फालेलुङ–५ लुम्मादिनका दीपेन्द्र केरुङ झोक्राएर ढुंगामा बसेका थिए। ‘३० मूरी धान फल्ने खेत बाढीले एकै छाक बनायो,’ बगर देखाउँदै केरुङले कहानी सुनाए, ‘सारै राम्रो धान फल्ने खेत थियो। असार २ गते रातिको बाढीले सबै सखाप पारिदियो।’ बाढीले खेत बगाएपछि जिउने आधार नै हराएको उनले सुनाए।
फालेलुङमा अन्नभण्डारको रूपमा चिनिएको घुमाउनेटार ढुंगाभण्डार जस्तो थियो। यहाँको फाँटिलो खेत र गोरु बाँध्ने ग्वालीहरू केही पनि देखिएनन्। धान उत्पादन हुने मलिलो फाँटमा ढुंगा, बालुवा र रोडा थुप्रिएको थियो।
‘हिलो आलि सकेर रोप्न ठिक्क पारेको खेत बाढीले बगायो,’ मच्छेबुङकी देवकुमारी गिरीले भनिन्, ‘१० रोपनी खेत बगरमा परिणत भयो। एक गाबो धान रोप्ने ठाँउ रहेन। यो साल धानको नुवागी गर्न पनि नपाइने भो।’
गिरीको परिवारले असार ५ गते धान रोप्ने तयारी गरेको थियो। बाउसे, रोपार, बियाडे, हली र गोरुको बन्दोबस्त भइसकेको थियो। असार २ गते रातिको बाढीले खेतमा बितण्डा मच्चाएपछि गिरी परिवार बिछिप्त छ।
बाढी आएपछि हेंवा खोला आसपासका मलिला खेतहरू बगरमा परिणत भएका छन्। सिँचाइका लागि निर्माण गरिएका कुलोहरू भत्किएपछि बाँकी खेतहरूमा धान रोप्न सकिएको छैन। खेत खोलाले बगाएपछि किसानले असारे भाकामा धान रोप्न पाएका छैनन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: