Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बाढी आयो खेत खण्डहर बनायो

खबरडबली संवाददाता

पाँचथर ।  धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको यो खेत खण्डहर बनेको छ। खेतको कुनै निसोपत्तो छैन। बगरले आफ्नो आकार बढाएर खेत खर्लप्प निलेको छ। 

खेतको नाममा बगरभन्दा अलि माथि दुई/चार फोक्टा मात्र बाँकी छन्। फोक्टाको आलीमा तीन जना किसान झोक्राएर बसेका थिए। उनीहरू गडगडाइरहेको हेंवा खोलालाई धारे हात लगाएर गाली गरिरहेका थिए। ‘अलच्छिनी बाढीले गर्नुग¥यो,’ उनीहरूको आक्रोश दैवप्रति थियो ‘किसानको मर्म दैवले बुझेन।’ 

बगरको बीचमा फालेलुङ–५ लुम्मादिनका दीपेन्द्र केरुङ झोक्राएर ढुंगामा बसेका थिए। ‘३० मूरी धान फल्ने खेत बाढीले एकै छाक बनायो,’ बगर देखाउँदै केरुङले कहानी सुनाए, ‘सारै राम्रो धान फल्ने खेत थियो। असार २ गते रातिको बाढीले सबै सखाप पारिदियो।’ बाढीले खेत बगाएपछि जिउने आधार नै हराएको उनले सुनाए।

फालेलुङमा अन्नभण्डारको रूपमा चिनिएको घुमाउनेटार ढुंगाभण्डार जस्तो थियो। यहाँको फाँटिलो खेत र गोरु बाँध्ने ग्वालीहरू केही पनि देखिएनन्। धान उत्पादन हुने मलिलो फाँटमा ढुंगा, बालुवा र रोडा थुप्रिएको थियो। 

‘हिलो आलि सकेर रोप्न ठिक्क पारेको खेत बाढीले बगायो,’ मच्छेबुङकी देवकुमारी गिरीले भनिन्, ‘१० रोपनी खेत बगरमा परिणत भयो। एक गाबो धान रोप्ने ठाँउ रहेन। यो साल धानको नुवागी गर्न पनि नपाइने भो।’ 

गिरीको परिवारले असार ५ गते धान रोप्ने तयारी गरेको थियो। बाउसे, रोपार, बियाडे, हली र गोरुको बन्दोबस्त भइसकेको थियो। असार २ गते रातिको बाढीले खेतमा बितण्डा मच्चाएपछि गिरी परिवार बिछिप्त छ। 

बाढी आएपछि हेंवा खोला आसपासका मलिला खेतहरू बगरमा परिणत भएका छन्। सिँचाइका लागि निर्माण गरिएका कुलोहरू भत्किएपछि बाँकी खेतहरूमा धान रोप्न सकिएको छैन। खेत खोलाले बगाएपछि किसानले असारे भाकामा धान रोप्न पाएका छैनन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: