काठमाडौँ । प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।
यी मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् । आजको बैठकमा सांसदहरूले दलितमाथि हुने विभेदको विषय उठाएका छन् । दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको विषय राष्ट्रियसभामा उठेपछि यसबारे छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको छ ।
“यस विषयमा के भएको हो आवश्यक कारबाही गरी सभालाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउँदछु । अवश्य पनि सरकारबाट जवाफ आउनेछ”, राष्ट्रियसभाको बैठक सञ्चालन गर्नुभएका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा बैठकमा भनिन् । त्यस्तै, राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ । शिक्षामन्त्री राईले आजको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यतालिका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: