Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

६ वर्षमा चारजना मुख्यमन्त्री र ४० मन्त्री पाएको बागमती प्रदेश सरकारले सभाहल पाएन

खबरडबली संवाददाता

काठमाडौं । बागमती प्रदेश सरकारको सभाहल निर्माण अलपत्र भएको छ । सभाहल निर्माणका लागि १ करोड १९ लाख खर्च भए पनि अहिले निर्माण अलपत्र परेको हो । 

दुईवर्षमा सक्ने गरी २०७९ वैशाख १९ गते गर्ने गरी २०७७ कार्तिक १७ गते सम्झौता भएको सभाहल निर्माणको काम अझै पूरा भएको छैन, बरु निर्माण नै अलपत्र पारिएको छ ।

हस्तान्तरण गरिसक्नुपर्ने मितिबाट अर्को १४ महिना बित्दा समेत  प्रदेश सरकारकै योजना पूरा हुन सकेको छैन । तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ०७९ मंसिर १० गते सभाहल निर्माण कार्यको शिलान्यास गरेका थिए । 

पाँच करोड २६ लाख ८३ हजार तीन सय ५९ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको अहिलेसम्म २५ प्रतिशत भौतिक प्रगति र नौ प्रतिशत वित्तीय प्रगति भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । अहिलेसम्म सभाहल निर्माणका लागि पेस्कीसहित निर्माण कम्पनीले १ करोड १९ लाख रुपैयाँ लिएको छ ।

यसरी १ करोड भन्दा बढि खर्च भैसकेको सभाहल निर्माणमा ठेकेदार कम्पनीले मनोमानी गर्दा समेत प्रदेश सरकार मौन रहँदै आएको छ । तीन वर्षअघि शिलान्यास गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलको भौतिक प्रगति २० प्रतिशत छ । तीन वर्षमा खाल्डो खनेर जग हाल्ने र फलामे पिल्लर राख्नेभन्दा बढी काम भएको छैन ।

एउटा सभाहल बनाउन नसकेको बागमती सरकारले स्थापनाको ६ वर्षमा चार जना मुख्यमन्त्री र करिब ४० जना मन्त्री पाइसक्यो । झण्डै १ सयको संख्यामा मुख्यमन्त्री, मन्त्री, सचिव चढ्ने गाडी खरिद भए तर, ४ सय जना अट्ने सभाहल भने बनेन ।

प्रदेशसभाको पहिलो कार्यकालमा डोरमणि पौडेलदेखि राजेन्द्र पाण्डेसम्म गरी तीन मुख्यमन्त्रीले प्रदेश चलाए। बीचमा ७२ दिन एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री थिइन्। दोस्रो कार्यकालमा प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा शालिकराम जम्मकट्टेलले हाल सरकारको नेतृत्व गरिरहेका छन्।

२०७७ सालको सुरुवातमा प्रदेशका पहिलो मुख्यमन्त्री पौडेलले सभाहल शिलान्यास गर्दा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका जम्मकट्टेलले फेरि प्रदेशसभा निर्वाचन जितेर मुख्यमन्त्री भइसक्दा पनि आफ्नै सभाहलमा कार्यक्रम गर्न पाएनन्। प्रदेश राजधानी हेटौँडामा सरकारको आफ्नै सभाहल छैन। जसकारण कुनै औपचारिक कार्यक्रम गर्न कार्यालयकै साँघुरा सभाहलमा कोचाकोच गर्नुपर्ने र होटल तथा रिसोर्टहरुमा लाखौँ खर्चिनुपर्ने बाध्यता सरकारलाई रहेकाे छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending