Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

एमालेले अडान नछाडेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

खबरडबली संवाददाता

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान राखेपछि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो ।

प्रतिनिधि सभाको अवरोध हटाउन शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखे पनि सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्न आग्रह गर्दै आजको बैठक सूचना टाँसेर स्थगित गर्न प्रस्ताव राखेका थिए । त्यसपछि बैठक स्थगित भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सिंहको जीवनकथामा आधारित पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको हो।

No description available.

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन...

रवि लामिछाने भ्रष्टाचारी हुन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबा...

नीतिलाई सफल बनाउन सके कर्मचारी पनि सफल : प्रदीप परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। श...

जिबी, रवि र छवि कारबाहीका भागीदार

काठमाडाैं । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सि...

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुदै

काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मा...

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर ज...

इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको ...

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका...

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy