बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न नहुँने बताएका छन् ।
रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका महामन्त्री ढकालले पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
महामन्त्री ढकालले भने, ‘प्रधानमन्त्रीले किन बोल्नुभयो आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ ।’ नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार विकल्प बिना प्रधानमन्त्रीको राजीनामा माग्न नहुने जिकिर गरे । उनले भने, ‘यो कुरा एमालेले बुझ्नुपर्छ । प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन ।’
महामन्त्री ढकालले काँग्रेस–एमालेलाई मिलेर सरकार बनाउन पनि सुझाव दिए । उनले काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दाबी गरे । ढकालले भने, ‘माओवादी सरकारमा टाँसिरहन्छ । काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ । २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो ।’ पुराना पार्टीहरूले सरकार चलाउनुपर्ने र रास्वपा प्रतिपक्षमा बस्नुपर्ने उनको भनाई ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: