Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

निजी विद्यालयका शिक्षकहरूलाई पनि सरकारी सरह तलब दिलाउने बालेनको घोषणापछि के हुँदैछ ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब सुविधा नदिने निजी विद्यालयका शिक्षकहरूलाई महानगरमा सम्पर्क गर्न आह्वान गरेको एक साता बितिसक्दा पनि एउटै उजुरी नपरेको महानगरले जनाएको छ।

मेयर शाहले असार १४ गते सामाजिक सञ्जाल फेसबुकमा शिक्षा ऐनको व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै निजी विद्यालयहरूलाई पनि आफ्ना शिक्षकहरूलाई सरकारी विद्यालय सरह तलब दिन भनेका थिए।

उनले त्यस्ता विद्यालयमा कार्यरत शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आएको भन्दै महानगरपालिका भित्रका निजी विद्यालयहरूलाई सरकारी सरह तलब दिन ध्यानाकर्षण गराएका थिए।

सरकारी विद्यालयहरूमा प्राथमिक तहका शिक्षकले निजामतीमा खरदार सरह न्यूनतम २६ हजार तलब पाउने व्यवस्था छ। निम्न माध्यमिक तहका शिक्षकले सुब्बा सरह न्यूनतम ३४ हजार र माध्यमिक तहकाले अधिकृत सरह न्यूनतम ४३ हजार तलब पाउँछन्।

शिक्षा ऐनमा नै निजी विद्यालयका शिक्षकहरूलाई पनि सरकारी सरह सुविधा दिनुपर्ने उल्लेख भए पनि त्यसको कार्यान्वयन नभएको शिक्षकहरू बताउँछन्।

मेयर शाहले शिक्षा ऐनको उक्त व्यवस्था स्मरण गराउँदै त्यसअनुसार “तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न” भनेका छन्।

एउटै उजुरी आएन

काठमाण्डू महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाका अनुसार बुधवारसम्म महानगरमा कानुनले तोकेको जति तलब नपाएको विषयमा कुनै पनि उजुरी आएको छैन। “तलब समयमा नदिएको विषयमा एउटा संस्थाका शिक्षकहरूले उजुरी गर्नुभएको छ,” उनले भने, “कम भएको विषयमा हालसम्म कुनै उजुरी आएको छैन।”

महानगरले उजुरी नै नआए पनि महानगरभित्रका निजी विद्यालयहरूले शिक्षकहरूलाई सरकारी सरह तलब दिए वा नदिएको विषयमा साउन महिनाबाट अनुगमन गरिने जनाएको छ। “उजुरी पर्‍यो भने महानगरले तत्कालै यसको कार्यान्वयनका लागि पहल अघि बढाउँछ,” कोइरालाले भने।

“अहिले अरू कुरामा केन्द्रित भएका छौँ। साउन पछि शिक्षकहरूको ब्याङ्क खातामा कति तलब जान्छ भनेर अनुगमन गर्न पनि सक्छौँ।” काठमाण्डू महानगरपालिकाका अनुसार यो स्थानीय तहभित्र मात्रै ५०४ वटा निजी विद्यालय छन्।

निजी विद्यालयका शिक्षकहरूको हक अधिकारका पक्षमा वकालत गर्ने संस्थागत विद्यालय शिक्षक युनियन ‘ईस्टू’का अध्यक्ष हेमकुमार थापाका अनुसार ती विद्यालयहरूमा करिब १५,००० शिक्षकहरू आश्रित छन्।

‘८० प्रतिशतको तलब सरकारीभन्दा कम’

निजी विद्यालय सञ्चालकहरूको एउटा संस्था निजी तथा आवासीय विद्यालय असोसिएसन ‘प्याब्सन’ नेपालको काठमाण्डू शाखाका अध्यक्ष प्रेमकुमार राईका अनुसार अझै ८० प्रतिशत विद्यालयहरूले शिक्षकहरूको तलब सरकारी विद्यालयको सरह दिएका छैनन्।

“हामीसँग यकिन तथ्याङ्क छैन। करिब १५ देखि २० प्रतिशत विद्यालयहरूले मात्रै अहिले त्यो दिएका होलान्,” उनले भने। तर शिक्षकहरूको सङ्गठन ईस्टूका अध्यक्ष थापा सरकारी सरह तलब पाउने निजी शिक्षकहरूको सङ्ख्या राईको दाबीभन्दा करिब आधा मात्रै रहेको ठान्छन्।

विद्यालय सञ्चालकहरूले शिक्षकहरूको तलब शिक्षा ऐन अनुसार नभई श्रम ऐन अनुसार कार्यान्वयन गरिनुपर्ने तर्क अघि सारेका छन्। “विद्यालयहरू कम्पनी अनुसार दर्ता हुने भएका कारण उनीहरूले दिने तलबमा श्रम ऐन आकर्षण हुन्छ,” राई भन्छन्।

“धेरै विद्यालयहरूले श्रम ऐनले तोकेको न्यूनतम १५,००० तलब शिक्षकहरूलाई दिँदै आएकै छन्। नदिएका ठाउँमा पनि दिलाउन बरु हामी पहल गर्न सक्छौँ।”

तर शिक्षकहरूले भने श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक औद्योगिक मजदुरहरूका लागि भएको भन्दै शैक्षिक संस्थाको हकमा शिक्षा ऐन नै आकर्षित हुने दाबी गरेका छन्।

कार्यान्वयनमा चुनौती 

बालेनले गत साता गरेको पोष्ट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। कतिपयले यो निर्णयले ठूलो सङ्ख्यामा रहेका निजी विद्यालयका शिक्षकहरूलाई राहत मिल्ने प्रतिक्रिया जनाएका छन्।

केहीले शिक्षकहरूलाई तलब सुविधा दिने नियम कार्यान्वयनमा आए कतिपय निजी विद्यालयहरू बन्द नै हुनेसम्मको अवस्थामा पुग्ने आशङ्का गरेका छन्।

प्याब्सनका काठमाण्डू अध्यक्ष राई निजी विद्यालयका शिक्षकहरूलाई सरकारी सरह तलब दिने विषय तत्काल कार्यान्वयन गर्नै नसकिने बताउँछन्। “यसलाई बाध्यकारी गर्ने हो भने धेरै विद्यालय बन्द हुन्छन् र कैयौँ शिक्षकहरूले भएको रोजगारी पनि गुमाउनुपर्ने हुन्छ,” उनले भने।

निजी विद्यालय सञ्चालकहरूले सरकारी शिक्षक सरहको तलबको नियम कार्यान्वयनको सट्टा न्यूनतम १५,००० तलब कार्यान्वयन गर्दा दुवै पक्षको जित हुने दाबी गरेका छन्।

“सैद्धान्तिक रूपमा सरकारी सरह तलब दिने कुरामा हाम्रो विमति छैन तर विद्यालय पनि बचाउने र रोजगारी पनि टिकाउनेतिर अहिले जानुपर्छ,” उनले भने।

निजी विद्यालयहरूले १० प्रतिशत नि:शुल्क छात्रवृत्ति दिनै पर्ने बाध्यकारी व्यवस्थाका कारण पनि विद्यालयहरूलाई आर्थिक दबाव सिर्जना भएको उनको दाबी छ। महानगरपालिकाले विद्यार्थीहरूबाट लिइने शुल्क बढाउन रोक लगाएको तर शिक्षकहरूको तलब बढाउन दबाव दिएको विद्यालय सञ्चालकहरूको गुनासो छ।

“शुल्क बढाउन नदिने तर कर्मचारीको तलब बढाउ भन्दा खुट्टा डोरीले बाँधेर दौडिन भनेजस्तो भएन र?” उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending