Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मधुश्रावणी समापन गर्न एक महिना कुर्नुपर्ने

खबरडबली संवाददाता

महोत्तरी । नवविवाहिता मिथिलानी (मिथिलाका नारी)ले मनाउने मधुश्रावणी पर्व समापनका लागि यसपालि एक महिना कुर्नुपर्ने भएको छ । साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको यो पर्वकै बीचमा अधिकमास ९मलमास० सुरु हुने भएकाले समापन पनि एक महिना पछि धकेलिएको हो ।

साउन कृष्ण पञ्चमीका दिन पर्व प्रारम्भ गरेका मिथिलानीले साउन कृष्णपक्ष समाप्तीसँगै अधिकमास सुरु हुने भएपछि समापन साउन शुक्लपक्ष लागेपछि तृतीयाका दिन गर्ने बताएका छन् । यसपालि साउन शुक्लपक्ष सुरु हुने दिन मै अधिकमास प्रारम्भ हुँदैछ । साउन २ गते सुरु हुने अधिकमास साउन ३१ गते सकिएपछि साउन शुक्लपक्ष सुरु हुन्छ । 

त्यसलगत्तै पर्ने साउन शुक्ल तृतीयाका दिन पर्व समापन गरिने भङ्गाहा–४ की भवती मिश्राले बताइन् । “पर्व त साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको हो तर यसपालि कृष्णपक्ष सकिनुलगत्तै मलमास लाग्नेभयो”, पर्व मनाइरहेकी उनले भिनन्, “मलमासमा व्रत ९पर्व० समापन वर्जित हुने हुँदा समापनलाई एक महिना कुर्नुपर्ने भएको हो ।”

िप्राचीन मिथिला क्षेत्रमा पछिल्लो एक वर्षभित्र विवाह भएका मिथिलानीले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मनाउँछन् । सुमधुर प्रणयसम्बन्ध दीगो हुने कामनासाथ गरिने यो पर्व पतिले दिने खर्चमा माइतीमा बसेर मनाउने चलन छ । “पर्व मनाउन माइत जानुपर्ने चलन छ तर त्यस अवधिको खानपिनका आवश्यक सामग्री, नयाँ लुगा र अन्य सबै शृङ्गारका साधन पतिले पुर्‍याई दिनपर्ने मान्यता छ”, जलेश्वर–२ की साधना बर्माले भनिन्, “सुमधुर प्रणय सम्बन्धको कामना गर्दै मनाइने यो पर्वमा शिव, पार्वती ९गौरी० र ‘विषहरा’ (नागदेवता) को आराधना गरिन्छ ।” 
वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । 

यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि अति महत्वको हुने गरेको छ । पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब आपसी घुलमिलले साझा भइसकेको छ । 

यस पर्वमा शिव, पार्वती ९मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ० र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेको भङ्गहा नगरपालिका–४ रामनगरकी सीमा कर्णले बताइन् ।

पर्वको १३औँ दिन ९यसपालि मलमासले बीचमै कुर्नुपर्ने भएको छ ० समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र पूmल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्ने चलन छ । यसअघि १२ औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुलाई ‘टेमी’ दिने गरिन्थ्यो । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुको देब्रे घुँडामा डाम्ने विधिलाई  ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ । पछिल्लो समयमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनुपर्नेमा जोड दिँदै आएका छन् । पर्वमा बर्तालुलाई बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending