महोत्तरी । नवविवाहिता मिथिलानी (मिथिलाका नारी)ले मनाउने मधुश्रावणी पर्व समापनका लागि यसपालि एक महिना कुर्नुपर्ने भएको छ । साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको यो पर्वकै बीचमा अधिकमास ९मलमास० सुरु हुने भएकाले समापन पनि एक महिना पछि धकेलिएको हो ।
साउन कृष्ण पञ्चमीका दिन पर्व प्रारम्भ गरेका मिथिलानीले साउन कृष्णपक्ष समाप्तीसँगै अधिकमास सुरु हुने भएपछि समापन साउन शुक्लपक्ष लागेपछि तृतीयाका दिन गर्ने बताएका छन् । यसपालि साउन शुक्लपक्ष सुरु हुने दिन मै अधिकमास प्रारम्भ हुँदैछ । साउन २ गते सुरु हुने अधिकमास साउन ३१ गते सकिएपछि साउन शुक्लपक्ष सुरु हुन्छ ।
त्यसलगत्तै पर्ने साउन शुक्ल तृतीयाका दिन पर्व समापन गरिने भङ्गाहा–४ की भवती मिश्राले बताइन् । “पर्व त साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको हो तर यसपालि कृष्णपक्ष सकिनुलगत्तै मलमास लाग्नेभयो”, पर्व मनाइरहेकी उनले भिनन्, “मलमासमा व्रत ९पर्व० समापन वर्जित हुने हुँदा समापनलाई एक महिना कुर्नुपर्ने भएको हो ।”
िप्राचीन मिथिला क्षेत्रमा पछिल्लो एक वर्षभित्र विवाह भएका मिथिलानीले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मनाउँछन् । सुमधुर प्रणयसम्बन्ध दीगो हुने कामनासाथ गरिने यो पर्व पतिले दिने खर्चमा माइतीमा बसेर मनाउने चलन छ । “पर्व मनाउन माइत जानुपर्ने चलन छ तर त्यस अवधिको खानपिनका आवश्यक सामग्री, नयाँ लुगा र अन्य सबै शृङ्गारका साधन पतिले पुर्याई दिनपर्ने मान्यता छ”, जलेश्वर–२ की साधना बर्माले भनिन्, “सुमधुर प्रणय सम्बन्धको कामना गर्दै मनाइने यो पर्वमा शिव, पार्वती ९गौरी० र ‘विषहरा’ (नागदेवता) को आराधना गरिन्छ ।”
वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् ।
यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि अति महत्वको हुने गरेको छ । पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब आपसी घुलमिलले साझा भइसकेको छ ।
यस पर्वमा शिव, पार्वती ९मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ० र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेको भङ्गहा नगरपालिका–४ रामनगरकी सीमा कर्णले बताइन् ।
पर्वको १३औँ दिन ९यसपालि मलमासले बीचमै कुर्नुपर्ने भएको छ ० समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र पूmल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्ने चलन छ । यसअघि १२ औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुलाई ‘टेमी’ दिने गरिन्थ्यो । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुको देब्रे घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ । पछिल्लो समयमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनुपर्नेमा जोड दिँदै आएका छन् । पर्वमा बर्तालुलाई बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: