काठमाडौं । संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई प्रभावकारी र जनपक्षीय बनाउन संविधानसभाबाट संविधान बनाउने क्रममा थप आयोगहरूको परिकल्पना गरियो। संवैधानिक व्यवस्थाअनुसार ती आयोगहरू गठन पनि गरिए। तर नयाँ आयोगहरू मात्र होइन, त्यसअघि गठन भएका संवैधानिक आयोगको प्रभावकारितासमेत घट्दै गएको छ।
सरकारले आयोगका पदाधिकारी नियुक्तिमा योग्यता र क्षमताभन्दा निकटतालाई ध्यान दिँदा आयोगकै औचित्यमाथि प्रश्न उठ्न थालेको छ। जसले गर्दा आयोगहरूको प्रभावकारिता घट्दै गएको छ।
संविधानको भाग २७ मा अन्य आयोग भनेर राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग, महिला आयोग, मुस्लिम आयोग, थारू आयोग र मधेसी आयोग गरी सात आयोगको व्यवस्था गरिएको छ। तर अहिले यी आयोगहरूको काम भनेको दिवस मनाउने र राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउने मात्र भएको छ। प्रत्येक आयोगमा २५ देखि ३० जना कर्मचारी छन्।
ती कर्मचारीहरू बेकामे बनेका छन्। यस्ता आयोगहरू अहिले राजनीतिक पार्टीका भर्तीकेन्द्र भएका छन्। जुन पार्टी सरकारमा गयो, त्यही पार्टीले आफ्नो पार्टीका कार्यकर्ताहरूलाई आयोगमा पदाधिकारीहरू नियुक्त गर्ने गरेको छ। आयोगमा नियुक्त पदाधिकारीहरू सक्षम र योग्यभन्दा पनि पार्टीका कार्यकर्ताहरू हुन्छन्। त्यसैले आयोग प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन्।
२०७० भदौ ६ देखि २८ गतेसम्म २३ दिन राष्ट्रिय दलित आयोगको सचिवमा कार्यरत (हाल वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा सचिव) निश्चलराज पाण्डेले उद्देश्यअनुसार संवैधानिक आयोगहरूले काम गर्न नसकेर प्रभावहीन भएको स्वीकार गरे। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: