Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बिना अनुमति मेडिकल सञ्चालन गर्ने पक्राउ

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । 

“वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ”, उनले भने, “यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ ।”

औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ ।

प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका छ मेडिकल पसलमा खनतलासी गरेको थियो । ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त –१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन् ।

दुई जना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ । भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन् । पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको थियो ।

यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११  मेडिकल सञ्चालकलाई समातेको थियो । उनीहरुलाई औषधि सम्बन्धी कसुरमा जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक थापाले बताए।

प्रहरीको खानतलासका क्रममा विना इजाजतका औषधि बिक्री वितरण गर्दै आएको, नाम बिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधि बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको छ । 

मुुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: