Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

लिखु पिके हाइड्रोले पुनः ‘आइइई’ गर्नुपर्ने स्थानीयको माग

खबरडबली संवाददाता

काठमाडौं  । लिखु खोला निर्माण हुने पिके हाइड्रोपावर कम्पनीले प्रस्ताव गरेको लिखुखोला जलविद्युत आयोजनाको पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्न स्थानीयले माग गरेका छन् । प्रभावित खिजीदेम्बा गाउँपालिका वडा नं। ४ काति र वडा नं। ७ रावादोलुका स्थानीयले पुनः आइइई हुनुपर्ने माग गरेका हुन् ।

सात, आठ वर्षसम्म सम्भाव्यता सर्भेक्षणको बहानामै समय विताएको र स्थानीयसँग कुनै परामर्श नलिई आयोजनाको काम अघि बढाएको भन्दै पुनः आइइइको माग गर्दै ५ सय ७० जना स्थानीयले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको स्थानीय किशोर सुनुवारले जानकारी दिए ।

प्रभावित क्षेत्रका नागरिक, आदिवासी समुदायले गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई ज्ञापन पत्र बुझाउँदै आयोजनाले सात वर्षसम्म सूचना लुकाएको र भरखरै सार्वजानिक भएको प्रारम्भिक वातावरण परीक्षण (आइइइ) मा गम्भिर त्रुटी रहेकाले पुनरालोकण गर्नुपर्ने माग गरेको सुनुवारको भनाइ छ ।

आइइइमा न्यून्तम कुराहरुलाई समेत ध्यान नदिएको पाइएपछि आफूहरु आन्दोलित हुनुपरेको स्थानीय कमल सुनुवारले बताए । पुनः आइइइ नभएसम्म आयोजना कुनैपनि हालतमा अघि बढ्न नदिने र नदिन गाउँपालिकालाई अनुरोध गरेको सुनुवारको भनाइ छ ।

अरबौं लगानी गर्ने तर स्थानीय नागरिक, आदिवासी समुदायको मानव अधिकारलाई वेवास्ता गरेर आयोजना अघि बढ्न नसक्ने गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ । आदिवासी र प्रभावित क्षेत्रको नागरिकको पूर्व सुसुचित सूचनाको अधिकार र लाभहानिका विषयमा खुलस्त रुपमा छलफल भएपछि मात्रै आयोजना अघि बढाउन उचित हुने अध्यक्ष शेर्पाले बताए ।

आइएलओ १६९, नेपालको प्रचलित कानून अनुसार जलविद्युत आयोजनाले काम गर्नुपर्ने स्थानीयको माग छ । मागको सम्बन्धमा आफू सकारात्मक रहेको र तत्काल आयोजना व्यवस्थापकहरुसँग छलफल गरी यथार्थ बुझ्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

२०७४ मा गरेको आइइइकै आधारमा ४ बर्ष पछि त्यही प्रकृतिको जलविद्युत उद्योग सञ्चालन गर्न नसकिने कुरामा आयोजना व्यवस्थापकले समेत ध्यान पुर्याउनु पर्ने बताउनु हुँदै अध्यक्ष शेर्पाले केही दिनअघि मात्रै जलविद्युत निर्माण कम्पनीको प्रतिनिधीले प्रभावित क्षेत्रको घरधुरी, जनसंख्याबारे आफूसँग जानकारी लिएको बताए ।

स्थानीयले वडा कार्यालयमा समेत पुनः प्रारम्भिक वातावरण परीक्षणका लागि निवेदन दिएका छन् । वातावरणीय परीक्षण प्रतिवेदनमा प्रभावित क्षेत्रहरु छुटाएको वडा अध्यक्ष वडा अध्यक्ष होमबहादुर सुनुवारले जानकारी दिए । पिकेहाइड्रो पावरले चतुराइँपूर्वक काम गर्न खोजेको थाहा पाएपछि आफूकहाँ सिफारिसको लागि आएको फाइल रोकेको वडा अध्यक्ष सुनुवारको भनाइ छ ।

गाउँपालिकासँग गरेको १९ बुँदे सम्झौता समेत हाइड्रोले लागु नगरेको स्थानीयको आरोप छ । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले आयोजना व्यवस्थापकहरुको नियत मै शंका गर्नुपर्ने अवस्था रहेको स्थानीय रमेशकुमार सुनुवारले बताए  ।

जनप्रतिनिधीहरुले समेत दबाबमा काम गर्नुपर्ने बताएपछि स्थानीयले आर्थिक चलखेल भएको आशंक गरेका छन् । प्रभावित क्षेत्रका नागरिकले छिमेकी जिल्ला रामेछापको उमाकुण्डका गाउँपालिका, विभिन्न निकाय, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

उत्पादन इजाजत लिएको एक बर्षभित्र काम शुरु गर्नुपर्ने भएपनि अहिलेसम्म आयोजना अघि बढ्न सकेको छैन । प्रभावित क्षेत्रको वस्ती व्यवस्थापन, पहिरो नियन्त्रण, जलचरहरुका सम्वन्धमा स्पष्ट रुपमा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने र आयोजना अघि बढ्न नदिने स्थानीयको अडान लिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending