विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँचबर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामीआर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो ।
मनमोहनले पाँचवर्ष भित्र कुनकुन बिषयको के कसरी पठन पाठन गराउने , भौतिक पुर्वाधार अनि दक्ष जनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँचबर्षे रणनीति तयार गरेको हो ।
रणनीति निर्माणमा विज्ञहरु हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले सहयोग गरेका विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईले जानकारी गराएका थिए ।
पुर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराइ, प्राध्यापक कृष्ण पोखरेल, मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल, उद्योगी सोमनाथअधिकारी , उद्योग संगठन मोरङका पूर्व अध्यक्ष मुकेश उपाध्याय लगायतले आवश्यक सुझावहरु दिएका थिए ।
पाँचबर्षे रणनीति छलफलमा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले छोटो समयमै आफनै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफनै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्त्तिहरु विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहन सफल हुँदै जाने विश्वास व्यक्त्त गरे ।
देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत, मध्यस्तर र उच्चस्तरको प्राविधिक जनशक्त्ति उत्पादन गर्ने गरि पठनपाठन सुरु भैरहेको छ । मनमोहनमा हाल ईन्जिनियरिङ तर्फ सिभिल र ईलेक्ट्रिोनिक्स अनि पारामेडिकल तर्फ विफार्मेसी स्नातकतर्फको पठनपाठन भैरहेको छ । चालु शैक्षिक सत्र देखी प्राकृतिक चिकित्सा तर्फ स्नातकतहको कक्षा पनि सुरु गर्ने तयारी भैरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: