Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

एमालेप्रति कार्यकर्ताको आकर्षण ह्वात्तै घट्यो, आधाले पनि गरेनन् पार्टी सदस्यता नवीकरण

अब जनप्रतिनिधि पार्टीको कार्यकारी पदमा बस्न नपाउने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले पार्टीका कुनै पनि नेतालाई कार्यकारी पदमा दोहोरो जिम्मेवारी नदिने भएको छ। शनिबार बसेको सचिवालय बैठकले जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पदमा बस्न नपाउने निर्णय गरेको हो।

अब एमालेका संघीय र प्रदेश सांसद, पालिका प्रमुख, उपप्रमुख-अध्यक्ष, उपाध्यक्षदेखि वडाअध्यक्षहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी दिइने छैन। 

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार एउटै व्यक्तिले दुई ठाउँमा कार्यकारी जिम्मेवारी लिँदा राम्रो गर्न नसक्ने निष्कर्षका साथ पार्टीले यस्तो निर्णय गरेको हो। 

नयाँ निर्णयअनुसार अब एमालेका कुनै पनि सांसद वा पालिका जनप्रतिनिधि पार्टीको अध्यक्ष र सचिव बन्न पाउने छैनन्। 

एमालेले पार्टी सदस्यता नवीकरण गर्ने समय पनि असार मसान्तसम्मबाट साउन १५ सम्म बढाएको छ। सदस्यता नवीकरणमा ठुलो मात्रामा घटेपछि समय थपेको हो। अहिलेसम्म  एमाले ४७ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका छन्। 

तर, एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम एमालेका वास्तविक सदस्यहरुले नवीकरण निरन्तर गरिरहेको दाबी गर्छन्। 

उनी भन्छन्, '३/४ वर्षअघि एमाले-माओवादीले पार्टी एकता गर्‍यौं त्यसबेला पार्टी सदस्यता प्रतिस्पर्धाको होड चल्यो । सदस्य धेरै देखाउन मतदाताको समेत नामसहित १०औं हजार नाम हालेर उताबाट पेश भयो । प्यारालाल्ली देखाउन जथाभावी सदस्यता देखाइयो । यसले हाम्रा मूल्यमान्यता र सिद्धान्त र मापदण्डको आधारमा सदस्यता वितरण भएनन् । पछि अदालतले पार्टी पुरानै अवस्थामा फर्काएपछि माओवादीबाट आएका नाम जसका न नाम थाहा छ, न गोत्र थाहा छ न परिचय छ । तीनिहरूले नवीकरण नै गरेका छैनन् ।' 

प्रतिस्पर्धाको नाममा अनधिकृत ढंगले सदस्यता बाँडेपछि नवीकरणमा केही समस्या देखिएको उनको भनाइ छ। तर, अहिले एमालेभित्रको आन्तरिक असन्तुष्टि र नयाँ दलको उदयको कारणले पनि एमालेमा सदस्यता नविकरण नगर्नेको संख्या उल्लेख्य बढेको बताइन्छ।

शनिबारको सचिवालय बैठकमा कोशीमा ५० प्रतिशत, मधेशमा ३० प्रतिशत, वाग्मतीमा ५० प्रतिशत, गण्डकी र लुम्बिनीमा ६० देखि ६५ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा ३५ देखि ४० प्रतिशतको हाराहारीमा नवीकरणको अवस्थामा रहेको नेताहरूले ब्रिफिङ गरेका थिए । एमालेले १० औं महाधिवेशनमा ८ लाख पार्टी सदस्य रहेको दाबी गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending